Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै

    लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै

    By सूचनापाना१४ पुष २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको संख्य बढेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए ।

    SuchanaPana.com

    उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । 
     
    कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्यांक छ ।

    आर्थिक वर्ष २०७७/७८ मा ८४ ग्राम ब्राउन सुगर, ३६ किलो चरेश, ४० किलो गाँजा, पाँच सय ६९ वटा नाइट्रोभेट ट्याब्लेट, एक हजार एक सय ११ ट्रमाडोल र दुई सय ५३ वटा नाइट्राजेपाम बरामद गरिएको थियो ।

    यस्तै, गत आर्थिक वर्ष २०७८/०७९ मा ब्राउन सुगर एक सय १० ग्राम, चरेश एक केजी सात सय ९३ ग्राम, अफिम एक केजी आठ सय ग्राम, गाँजा नौ सय २८ ग्राम र ट्याब्लेट एक हजार आठ सय ७४ वटा बरामद गरिएको प्रहरीको तथ्यांक छ ।

    प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७७/०७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए भने ९४ जना पक्राउ परेका थिए । 

    यो संख्या पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ६९ वटा मुद्दा दर्ता भएकोमा एक सय १८ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा यहाँ लागूऔषधसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जना पक्राउ परेका छन् ।

    लागूऔषध कारोबार र सेवनमा १५ देखि २२ वर्ष उमेर समूहका बढी पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । नेपाल–भारत सीमा रुपैडिया नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.