Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जीर्ण बन्दै कर्णाली पुल

    जीर्ण बन्दै कर्णाली पुल

    By सूचनापाना२१ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्।

    SuchanaPana.com

    जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।

    मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आएर खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। तराजु शैलीमा दुवैतिरको भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्। ती सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्।

    पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी सााधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको स्थानीय शिक्षक मार्कण्डेय उपाध्यायले बताउनुभयो। २०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। पुल सञ्चालनका सुरुवाती दिनमा जापानी प्राविधिकले पुलमाथि धेरै गाडी गुडाउन नहुने बताएका थिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.