रामेछाप । रामेछापको कारागारमा एक कैदबन्दीको मृत्यु भएको छ । शुक्रबार लिखु तामाकोशी गाउँपालिका(५ का ५२ बर्षिय बिरे दर्जीको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा रहेका दर्जिको उपचारको क्रममा मृत्युु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए ।
प्रमुख तामाङका अनुसार शुक्रबार दर्जिलाइ अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो ।
मृतक दर्जीलाई कर्तव्य ज्यान मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ फागुन ४ गते पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो । दर्जि १ महिना १९ दिन देखि कैदी जीवन बिताइरहेका थिए ।
