Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

    बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

    By सूचनापाना१५ जेष्ठ २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । बंगलादेशी नागरिकलाई अपहरण गर्दै फिरौती माग्ने भारतीय गिरोह सक्रिय रहेको पाइएको छ।

    SuchanaPana.com

    भिजिट भिसामा नेपाल आएका ९ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा दिल्ली घर भई ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र कानपुर घर भई पञ्जाब बस्ने ६४ वर्षीय रमेश जाधव रहेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पछिल्लो पटक ललितपुर-१५ स्थित घरमा एक जनालाई बन्धक बनाएको घटनामा भारतीय नागरिकहरू पक्राउ गरिएको हो। पक्राउपछि अनुसन्धान थाल्दा ९ जना बंगलादेशी नागरिकलाई विभिन्न मितिमा अपहरण गरेको खुलेको बोहराले बताए।

    पीडितलाई बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएर उनको साथमा रहेको रकम र मोबाइल खोसेर आफन्तसँग ह्वाट्सएपमार्फत् फिरौती माग गरेको उजुरी परेपछि प्रहरी खोजीमा लागेको थियो। यस क्रममा परिसर र वृत्त गौशालाको टोली भारतीय नागरिकहरूको खोजीमा जुटेको थियो। वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार बंगलादेशी नागरिकलाई भारतीय आफैंले नेपाल बोलाएर युरोप तथा अमेरिकी मुलुकमा पठाइदिने बहानामा अपहरण गर्ने गर्थे।

    ‘बंगलादेशीलाई ठूला मुलुकले अनअराइभल भिसा दिन कडाइ गरेको अवस्था रहेकाले नेपालबाट प्रक्रिया थाल्ने भन्दै भारतीय गिरोहले बोलाएर अपहरण गर्ने गरेको खुलेको छ,’ खनालले भने। नेपालमा अपरहण गरेपछि उनीहरूले रसिया, दुबई तथा भारतमा रहेका दलालहरूको खातामा फिरौती रकम पठाउने गरेको खुलेको छ। हालसम्म ९० लाख रुपैयाँ टाका रकम त्यसरी पठाइएको पाइएको खनालले बताए।

    ‘कतिपय बंगलादेशी नागरिक फिरौती बुझाएर आफ्नो देश फर्किसकेका छन्, उनीहरूलाई बोलाएर उजुरी दिन भनेका छौं,’ खनालले भने। ललितपुर-१५ को घरमा राखिएका पीडितका आफन्तलाई यो समूहले ह्वाट्सएपबाट फिरौती रकम मागेको थियो। ती व्यक्तिका आफन्त नेपाल आएर प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेका सबैलाई अपहरण, शरीर बन्धक तथा आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालिएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.