रामेछाप । डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ बिजुलीकोटका २३ बर्षिय भक्तबहादुर तामाङ्गलाई सदरमुकाम मन्थलीको देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ ।
तामाङलाई २०७७ साल चैत्र ३० गते रामेछाप जिल्ला अदालतले डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद सजाय र ७० हजार रुपैयाँ जरिवाना हुने गरि फैसला सुनाएको थियो । अदालतको फैसला पछि तामाङ फरार रहदै आएका थिए ।
प्रहरीको खोजी सूचीमा रहेका तामाङ आइतवार सदरमुकाम मन्थलीमा झरेको भन्ने सूचनाको आधारमा देवकोटा चोकवाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक जटाशंकर यादबले जानकारी दिए ।
प्रक्राउ परेका तामाङलाई आज रामेछाप जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार कार्यालय रामेछाप चलान गरिएको प्रहरीले जनाएको छ ।
