काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा पण्डितको इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको हो ।
वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए।