Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » टर्की भूकम्प: ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो

    टर्की भूकम्प: ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो

    By सूचनापाना२९ माघ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एजेन्सी । विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ। उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्।

    SuchanaPana.com

    टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्।

    राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन्। टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा मर्नेहरूको संख्या अहिलेकोभन्दा दोब्बर पुग्न सक्ने बताएका हुन् ।

    भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षे बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर अस्पताल लगिएको छ। उद्धारकर्मीहरू भूकम्पपछिका प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।

    भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक जना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ। दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एक जना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ। टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो। अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो।

    पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिबार अबेरसम्म पनि परकम्पहरू आइरहेका छन्। मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन्। टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीएले गरेका प्रयासको सराहना गरेका छन्।

    उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।

    मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

    टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन्।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर र रक्तदान गर्ने…

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार

    जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.