Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

    चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

    By सूचनापाना३० फाल्गुन २०७९, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एजेन्सी । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने योजनाको विवरण पनि सार्वजनिक गरेका छन् ।

    SuchanaPana.com

    चीनले उक्त सम्झौतालाई गम्भीर त्रुटीपूर्ण एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भन्दै त्यसको विरोध गरेको छ । आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तरराष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले टिप्पणी गरेका छन् । सम्झौताले हतियारको होडबाजी बढाएको तथा त्यो परमाणु अप्रसार सन्धि विपरीत भएको चीनको कथन छ ।

    पनडुब्बी सम्झौताको विपक्षमा रहेको चीनले यसअघि पनि आफूलाई पाखा लगाउन पश्चिमा मुलुकले नियोजित रूपमा परियोजना अघि बढाएका भन्दै विरोध गरेको थियो । अमेरिकासहितको नयाँ गठबन्धनप्रति बेइजिङले प्रारम्भदेखि नै आपत्ति जनाउँदै आएको छ । नयाँ गठबन्धनलाई चीनले क्षेत्रीय शान्ति, स्थायित्व र स्थिरताका निम्ति अत्यन्त गैरजिम्मेवारपूर्ण कदम भन्दै वासिङटन, क्यानबेरा र लण्डनको निन्दा गरेको थियो । क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर आँच पुग्ने जनाउँदै बेइजिङले सम्झौताबाट अन्तरराष्ट्रिय आणविक अप्रसार प्रयासमा तुषारापात भएको बताएको छ ।

    सार्वजनिक गरिएको योजनाअनुसार अष्ट्रेलियाले बेलायत र अमेरिकी प्रविधिमा आधारित पाँच वटा परमाणुशक्तियुक्त पनडुब्बी खरिद गर्नेछ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्न आफ्नो महत्वाकांक्षी योजनाअन्तर्गत पनडुब्बी खरिद गर्न लागिएको क्यानबेराले स्पष्ट गरेको छ । सम्झौताअनुसार अष्ट्रेलियाले कम्तीमा तीन वटा पनडुब्बी अमेरिकाबाट र दुई वटा बेलायतबाट खरिद गर्नेछ ।

    अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनाको लामो वार्ताको परिणामस्वरुप उक्त सम्झौता भएको हो । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलियालाई आणविक हतियार भने उपलव्ध नगराउने बताउनुभएको छ तर आणविक ‘रियाक्टर’द्वारा सञ्चालित पनडुब्बी बेचिने सङ्केत गरेका छन् । चिनियाँ सैन्य विस्तार योजनाप्रति लक्ष्यित यो सम्झौता अमेरिकी नेतृत्वमा भएको हो । अमेरिकाले पनि पनडुब्बी आणविक शक्तिबाट चल्ने तर आणविक हतियार नभएको स्पष्ट गरकोे छ ।

    सोमबार क्यालिफोर्नियाको सान डिएगोमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकका साथ सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले सम्झौताका कारण आणविक अप्रसारमुक्त हुने अष्ट्रेलियाको प्रतिबद्धतामा कुनै प्रभाव नपर्ने बताए । उनले अष्ट्रेलियाका निम्ति सैन्य सामथ्र्य बढाउने माध्यम भएको उल्लेख गरे ।

    बेलायतपछि आणविक शक्तिले सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने दोस्रो देश अब अष्ट्रेलिया बन्नेछ । पनडुब्बी प्राप्त भएपछि शत्रुहरूलाई लामो दूरीमा पनि अष्ट्रेलियाले प्रहार गर्न सक्नेछ । अष्ट्रेलियाली जलसेनाका नाविक अमेरिका र बेलायतका पनडुब्बी आधारमा तिनको सञ्चालन एवम् प्रयोगबारे प्रशिक्षण लिन जानेछन् । सन् २०२७ मा अष्ट्रेलियाको पर्थमा केही अमेरिकी एवम् बेलायती पनडुब्बी तैनाथ गरिनेछ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.