Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

    डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

    By सूचनापाना१६ जेष्ठ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काबुल । अफगानिस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ ।

    SuchanaPana.com

    विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । एक जना बालक घाइते भएका छन् ।

    अफगानिस्तानमा युद्ध कालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अस्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्विडेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय, राष्ट्रसङ्घीय आपत्कालीन प्रतिकार्य कोष लागेका छन् ।

    यसअघि अफगानिस्तानको नान्गाहार क्षेत्रमा पनि यस्तै घटनामा दुई दिदीबहिनीको मृत्यु भएको थियो । दक्षिणी प्रान्त कान्दाहारमा मे ९ मा भएको दोस्रो घटनामा एकै परिवारका तीन जना बालबालिकाले ज्यान गुमाएका थिए ।

    पाकिस्तानको सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने दुई जनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।

    खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नजिक रहेको वारिस उजन गाउँको माछा पोखरीमा छ जना बालबालिका खेल्दै गर्दा एक बालक चिप्लिएर पोखरीमा खसेपछि साथीलाई बचाउने प्रयासमा पाँचै बालबालिकाले पानीमा हाम फालेका थिए ।

    घटनामा दुई दिदीबहिनीसहित थप तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईलाई स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा अस्पताल पुर्‍याएका थिए । पोखरीबाट तीन बालबालिकाको शव निकालिएको र चौथो शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सिन्ध प्रान्तकै थारपार्कर जिल्लाको डिप्लो टाउन नजिकैको रानी भेरो गाउँमा यस्तै घटनामा दुई बालबालिकाको डुबेर मृत्यु भएको जियो न्युजले जनाएको छ ।

    पोखरी नजिक खेलिरहेका उनीहरू अचानक पानीमा खसेका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.