क्यानाडा क्यानाडा सरकारले देशमा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्लास्टिकको प्रयोग घातक र हानिकारक भन्दै क्यानाडाले प्लास्टिकका झोला, भाँडाकुँडा र रिसाइकल गर्न नमिल्ने अन्य सामाग्रीहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो। यो नियम आगामी डिसेम्बरदेखि लागू गरिेनेछ । क्यानाडाका वातावरण मन्त्री स्टिभन गिलबल्टले देशका बढ्दो प्रदूषणको कारक प्लास्टिकको प्रयोग भएका कारण यस्तो निर्णय गरिएको जानाकारी दिए ।
यो निर्णयसँगै क्यानाडाका प्लास्टिक उद्योगहरु बन्द हुने भएका छन् । गत वर्ष क्यानाडाको पर्यावरण संरक्षण ऐन अन्तर्गत प्लास्टिकलाई विशाक्त रुपमा सूचीकृत गरिएको थियो। यसअघि फ्रान्सले अधिकांश फलफूल र तरकारी पसलहरुमा प्लास्टिक प्याकिङमा प्रतिबन्ध लगाईसकेको छ ।