Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » यथार्थ- कविता

    यथार्थ- कविता

    By सूचनापाना१२ जेष्ठ २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    तिम्रो पालामा,
    तिमीले फिँजाएको,
    तिम्रै अवसरवादको दोकान बाट
    मैले
    मेरै
    नैतिकता नामको खोटो सिक्काले
    न आफ्नो भाग्य किन्न सके,
    न बच्चाको भविष्य।

    SuchanaPana.com

    घाटामा चलेको
    परिश्रमको हाट बजारबाट
    सस्तोमा उठाएको पसिनाको थोपाले
    मालिकको घाँटी त भिज्यो होला
    तर!
    तर भिजेनन्
    मेरो छोराको कापी केर्ने सपनाहरू,
    छोरीको चुल्ठो बाट्ने चाहनाहरू
    र
    श्रीमतीको पेट भर्ने रहरहरू।

    कर्मको मैदानमा
    कर्तव्यको फुटबल गुडाउँदा गुडाउँदै
    खिइएका पैतालाको रुञ्चे छालाबाट
    हतास बनेको मेरो शरीरलाई
    न त
    गणतन्त्रको टेकोले अड्याउन सक्यो
    न संघीयताको लौरोले थेग्न सक्यो।

    टोल, टोलको र घर, घरको सिंहदरवार
    मात्र
    मात्र घरको सिंहदरवार बन्दा
    बेकार उठेका आन्दोलनका उभारहरू
    र
    बिचरा बनेका परिवर्तनका उचाईहरू
    नियालेर
    कुरी कुरी भन्दै
    हाँसिरहेछन् डाँडाको वर पीपल हरु ।

    हुने खानेहरूको पैतालाले
    हुँदा खानेहरूको
    स्वाभिमान लत्याइ रहँदा
    रुँदै गरेको
    गणतान्त्रिक बालक
    फकिन नपाउदै
    पारिवारीक जामाले
    ब्यक्तिगत बिरासत जोगाउन लालायित
    मेरो देश
    “आमा!आमा!बाउ आए!” उखानको
    सापटी संस्करण बाँचिरहेको छ।

    गणतन्त्रको कोमल बिछ्याउनामा
    फिँजाएको गरीवीको च्यादर
    टक्टक्याएर
    फेरफार गर्दा
    न छोपिएको
    सामाजिक असमानताको खाडल
    जातीय बिभेदको उचाई
    र
    आर्थिक अवन्नतिका सूचकहरुलाई
    जरैदेखी उखेल्न
    अघि बढेका
    एक हूल युवाहरू
    चौबाटोमा पथ भुलेको यात्रु झैँ
    अलमल्लमा छन्।

    टोल,टोलमा
    मान्छे, मान्छे बाट त्रसित छन्।
    गाँउ, गाँउमा
    मान्छे, मान्छेबाट त्रसित छन्।
    किनकी
    अपब्याख्याको आगोमा
    सभ्यताको शहर हुर्हुरी बलेको छ।

    हामी हुन नसकेको म
    र
    हाम्रो हुन नसकेको मेरो ले
    संबिधानको मुलायम पानामा
    स्वर्णिम अक्षरमा लेखिएको मेरो भाग्य
    हजुरकै निगाहमा
    हजुरकै खातिर
    हजुरकै आँगनमा
    बलिदानी गरेर
    सापटीको पुरानो जड्यौरी भाग्य
    तानतुन पारेर
    भत्किएको पर्खालबाट
    मात्तिएको हजुरको जीवनी नियाल्दै
    म पाजी
    स्वर्गीय हाँसो हाँसी रहेछु।

    ब्यवस्थाको सुन्दर बगैँचामा
    कुशासनको कुरुप साँडे दौडाएर
    निरीह रमितेहरू
    अट्टहास हाँसो हाँसिरहदा
    मेरो चेतनाको आँखा
    युद्धको मैदानमा
    अदम्य साहसपुर्वक
    दुस्मनको मुटु थर्काएर
    उसैको किल्लामा
    बम र बारुद प्रहार गरिरहेको,
    कालजयी योद्धाको
    घाइते शरीर बाट
    भलभलि बगिरहेको रक्तसमुन्द्र निहाल्दै
    अमर शहीदहरूको समाधिमाथि
    बिजय उन्मुख झण्डा गाडेर
    सतिसाल झै उभिएको
    युगबिजेता
    जननायक
    झल्झली देखिरहेको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    रहेनन् गायक तथा संगीतकार गणेश रसिक

    १९ जेष्ठ २०८२, आईतवार

    लुप्त प्रेम : महिला चरित्रहीन हुन्छे अनि पुरुष चरित्रवान !

    १६ असार २०८०, शनिबार

    पत्रकार तथा साहित्यकार कसजूलाई ‘जनमत जनक प्रधान सेवा’ सम्मान

    २५ चैत्र २०७९, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.