Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लुप्त प्रेम : महिला चरित्रहीन हुन्छे अनि पुरुष चरित्रवान !

    लुप्त प्रेम : महिला चरित्रहीन हुन्छे अनि पुरुष चरित्रवान !

    By सूचनापाना१६ असार २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सामान्य कुरा प्राय भइरहन्छ । त्यति सम्झना रहँदैन । असामान्य कुरा एक चोटि भए पछि सधैं भरी सम्झना रहन्छ । आफैभित्र हुँदा जिन्दगी भरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौं पुस्ता सम्म पनि रहन सक्छ। आख्यानको रुपमा रहन सक्छ ,मजाकको रुपमा रहन सक्छ ,लोक कथा बन्न सक्छ , गीत बन्न सक्छ ,कविता, कथा ,उपन्यास , नाटक आदि इत्यादि बनेर रहन सक्छ । हो मेरो पनि जिन्दगीको एउटा कथा छ, मुटुमा लुकाएर राखेको कथा । लुकाएर राखेका कुराहरू आफैँमा असामान्य भएर छट्पटिँदा रहेछन् त्यसैले म सबैको माझ झिक्छु , फाल्छु र छरपस्ट पारिदिन्छू जसले गर्दा मलाई शान्ति मिलोस् र अरुलाई पनि सही गलत छुट्याउने अवसर मिलोस् ।

    SuchanaPana.com

    कुरा सामाजिक सञ्जाल फेसबुकबाटै शुरु भएको थियो । धेरै पटक यो सामाजिक सञ्जाल बनाउने मान्छेलाई भगवान मानेर धन्यवाद दिँदै ढोगेको छु । छुटेका साथी भेटिए । छुटेका आफन्त भेटिए । नयाँ साथी बने । सबैको हालखबर देखियो , बुझियो ।भौतिक रुपमा टाढा भए पनि प्रत्यक्ष रूपमा बोल्न पाइयो,देख्न पाइयो।जरूरत परे धाइरहनु परेन । सेकेन्डभरमा चाहेको मान्छेसंग कुरा हुन पायो। तर कहिले काँही धिकारेको पनि छु । यसले गर्दा सामान्य मान्छेको जन जीवन अस्तव्यस्त भयो । पढ्नेले पढेनन् ,सुन्नेले सुनेनन् ,नबोली नहुनेहरुसँग बोलेनन्, बोल्नै नपर्नेहरुसँग बोलेर समय र चरित्र बर्बाद गरे । हो त्यही समय र चरित्र बर्बाद गर्ने मान्छेहरु मध्य म पनि एक हुँ।

    म बिबाहित स्त्री थिएँ l मेरा श्रीमानले मलाइ अत्यन्त प्रेम गर्नुहुन्थ्यो तर वहाँ मेरो साथमा हुनुहुन्न थियो l कार्यालयको कामले बाहिर बस्नु हुन्थ्यो समय मिलाएर आउने जाने गर्नु हुन्थ्यो l फेस बुक चलाउदै गर्दा एकजना बिबाहित पुरुषसंग मेरो परिचय भयो l वहाँ एक छोरा र एक छोरीको बा हुनुहुन्थ्यो l म पनि एउटा छोरीको आमा थिएँ l हाम्रा बच्चाहरु सानै थिए l

    कुराकानी च्याटबाट शुरु भएको थियो l बिस्तारै अडियो हुदैँ भिडीयोसम्म पुग्यो l भिडियो सम्म पुग्दा हामी साथी नभएर आफ्नै भैसकेका थियौं l सुरुमा बोल्न निक्कै अप्ठेरो भए पनि पछि नबोली नसक्ने भएका थियौ l बिशेष गरेर म आफैं l नबोल्ने प्रयास गरेकी थिएँ l म बिबाहित हुँ र उ पनि बिबाहित हुन भनेर l पहिला साथी भनेर बोलियो l बोल्दै जाँदा प्रेमिल कुराहरु भए l प्रेम भयो l बिपरित लिङ्गि हूँदैमा सबैसंग प्रेम हुन्छ भन्ने छैन l प्रेम हुन संयोग मिल्नु पर्छ क्यारे lमन र , व्यावहार मिल्नु पर्छ क्यारे l बिबाहित हुदैँमा प्रेम हुँदैन भन्ने कुरा झुटो भयो l बिबाह भएकासंग प्रेम नहुन सक्छ र प्रेम भएकासंग बिबाह नहुन सक्छ यो सत्य भयो l बिबाह एउटा कुरा रहेछ l प्रेम अर्कै कुरा रहेछ l बिबाहित भएर पनि प्रेम भयो l छोरा छोरी भएर पनि प्रेम भयो l उमेर ढल्किएर पनि प्रेम भयो l उसँग नबोल्दा अथहा पिडा हुन्थ्यो l बरु श्रीमानसंग नबोल्दा पिडा भएन l त्यति धेरै पिडा हुन्थ्यो जति कोही प्रिय मान्छे मरेको थियो l

    कुनै दिन उ ब्यस्त भएर कल गरेनन भने मेरा आँखा उसै चुहिन थाल्दथे म रोइदिन्थें l मनले संका गर्थ्यो माया गर्दैनन् क्यारे, प्रयोग पो भएँ कि!!

    बदनाम हुने हूँ कि,घरपरिवार, श्रीमान, बच्चा,समाज,आफन्त, साथी सबैलाई सम्झन्थें l अनि मुटु फुट्ने गरि दुख्थ्यो l कति पटक त मुटु भड्किएको पनि थियो,अनुभब गरेकी थिएँ l त्यसरी केहि समय या धेरै पटक भड्किने हो भने मुटु निस्क्रिय हुने संकेत पाएकी थिएँ l नसा नसा दुख्थे l बिरामी महसुस हुन्थ्यो l आखाँ उसै चुहिन्थे l बेसरी रोइदिन्थें, धित मरुन्जेल रोइदिन्थें l जबसम्म आखाँ थाक्दैनन्,आँसु सकिन्दैनन् आफैलाई पिटेर रुन्थें l

    जब उनको फोन आँउथ्यो तब मनैदेखि शारीरमा स्फुर्ति आँउथ्यो l अनुहार तातिन्थ्यो, चम्किन्थ्यो, शान्ति मिल्थ्यो र आनन्द मिल्थ्यो l प्रेममा ठुलो ताकत हूँदो रहेछ lउनि आकर्षक र मोहित थिए l उनलाई कहिल्यै नछोडौ जस्तो लाग्थ्यो l म जसरि ब्यक्त हुन्थें उ पनि त्यसरी नै ब्यक्त हुन्थे l हाम्रा कुरा मिल्थे र विचार पनि मिल्थे l सबै कुरा मिलेर नै प्रेम भयो l

    फोनमा कुरा गरेर चित्त बुझेन l हामी लुकेर भेट्न थाल्यौं l एक अर्कामा शरीर साट्यौं l हामी अंगालोमा निक्कै कसिएर बेरिन्थ्यौं l एउटा मुटुको आवाज अर्को मुटुलाई सुनाउँथ्यौं l हामीमा बढो प्रेम थियो l उनले सानु भन्थे, मैले बाबा, हजूर भन्थें l हामी समाजले दिने सिन्दुर पोते बिनाका श्रीमान र श्रीमती भैसकेका थियौं l यसरि भेटेर छुटिने बेलामा निक्कै टाढाको एकल यात्राको महसुस हुन्थ्यो l हामी अँध्यारो मुहारमा बिना चाहना छुटिन्थ्यौं l

    समय यसरि नै बितिरहेको थियो l धर्म नछोडेका मान्छेले धर्म छोड्दा पाप लाग्छ क्यारे l मैले कतै नछोडेको धर्म पर पुरुष माथि छोडेकी थिएँ l अत्यन्त माया गर्ने श्रीमान हुँदा हुँदै जोगाएर राखेको धर्म छोडेकी थिएँ l मलाई पाप लाग्यो l मलाई श्राप लाग्यो l हृदय घातको कारणले मैले श्रीमान गुमाएँ l म विधवा भएँ l मेरो सृगार गुम्यो l मेरो जिम्मेवारी गुम्यो l मेरो अमुर्त प्रेम गुम्यो l छोरीले बाबा गुमाईन् l हाम्रो सबैथोक गुम्यो l

    म सोकको घडीमा धेरै डुबें l पश्चातापले डुबें, प्रेमले डुबें , व्यवहारले डुबें, सबै कुराले गर्दा आँसुको तलाउमा डुबें l कहिलै निस्किन्न जस्तो लागेर डुबें l जति डुबे पनि व्यवहार व्यवहार नै रहेछ l उठेर सम्हालिनु पर्दो रहेछ l छोरी सानी थिइन् l उनको लागि भए पनि म उठ्नु पर्यो l साहसको साथ उठें, सम्हालिएँ l पहिला जस्तो मैले उनलाइ भेटेकी थिइन l उनै भेट्न आए l उनलाइ देखे पछि धेरै रोएँ l डाको छोडेर रोएँ तर अंगालेर रुन सकिन l मलाइ लाग्यो मेरो श्रीमानको आत्माले देखिरहेको छ l मैले उनलाई हेरेर रोएँ l घरमा म एक्लै थिएँ l उनले पनि खै किन हो अंगालेनन l धेरै बेर पछि धेरै कुरा सम्झाए l मन अलि शान्त भयो l जाने बेलामा उनले अंगाल्न खोजे म मानिन तर उनको प्रेमको अगाडी मैले हारी हाल्थें l हारिदिएँ, म फेरि अंगालोमा बाँधिएँ l

    फेरि हाम्रो दिनचर्या पहिला झैँ शुरु भयो l हामी लुकेर नै भेट्ने गर्थौ l उनले पहिला भन्दा बढी प्रेम गरेको महसुस हुन्थ्यो l पहिला केहि नदिने मान्छे, मेरो आबस्यकता हेरेर सामान ल्याइदिने गर्दथे l पैसा पनि दिन्थे l लुगा किनिदिन्थे lछोरीको फिस तिरिदिन्थे l आधा भन्दा बढी व्यवहार उनेले टार्दिन थालेका थिए l

    पापको परिणाम उनलाइ पनि पर्यो l उनकी श्रीमती पनि मेरै श्रीमान झैँ बितिन l उनलाई पनि बढो चोट पर्यो l उनको पनि सबैथोक गुम्यो l छोरा छोरीले आमा गुमाए l उनको घरमा पनि बज्र पात पर्यो l उनको परिवार कसैले नचिने पनि म भेट्न गएँ उनका बा किरियामा बसेका रहेछन l हेराहेर गर्यौं दुवै बोल्न सकेनौं l मलाइ देख्ने बित्तिकै उनका आँखा रसाए l भित्र पसे, त्यसपछि बाहिरै आएनन l मैले धेरै बेर पर्खिएर बसें l उनका छोराछोरी देखेर झन् चित्त दुख्यो थामी नसक्नु चित्त दुख्यो l सोचें, मेरो ममता यिनीहरुमाथि पोखिनु पर्छ l छोरा छोरीको आमालाई किन लानु भगवान? बस्नै सकीनँ उ ननिस्किएपछी म हिडें l

    घर आएर म धेरै रोएँ l रूदै सम्झाउने शब्दहरु संदेश पठाएँ l लामो संदेश पठाएँ,उनले हेरे र हस भने l मलाइ केहि आनन्द भयो l तर बिचलित भने भैरहें l

    छोरी स्कुल गएकी थिइन् l निक्कै दिन पछि फेरि उनै भेट्न आए l पहिला जस्तै फेरि हाम्रो सम्बन्ध सुध्रियो l उनि आफैं मलाइ बुझाउंथे l हाम्रो भाग्य नै यस्तै रहेछ l हामि सकी नसकी आफैंलाई बुझाइरहेका थियौँ l यो पाली मैले नै उनलाइ अँगालो हालें l सुनसान कोठामा सोकलाई शान्तिमा बदल्दै रमाउन खोज्यौं l केहि समय पछि उनी आफ्नो घर गए l

    समय बितिरहयो l दुवै जनाको वर्षान्त सकियो l पहिला भन्दा भेट पातलो हुन थाल्यो उनि ब्यस्त भएँ भनेर आउँदैनन् थिए l एकदिन त्यहिँ फेस बुकमा देखें,उनले फेरि अर्को बिबाह गरेछन l मलाई पहिला के बज्र पात परेको थियो र!! उनका बिबाहका तस्बिर देखेपछी ठुलो बज्र पात पर्यो l त्यस पछि बडो हिम्मतका साथ म्यासेज गरे l के हाम्रो प्रेम झुट्टो थियो? म योग्य थिइन? छोरा छोरीलाई माया गर्दिन थिएँ ? किन अरु बिबाह गर्नु भयो?

    उनले सजिलै भने तिमि एक विधावा हौ, आफ्नो श्रीमान हुँदा हुँदै पर पुरुषसंग लाग्ने चरित्रहिन महिला हौ l जानी जानी म कसरि बिबाह गरौँ ? बिबाह हुन त अरुसंग नलागेको मान्छे हुनुपर्छ l मेरो मुटु प्याट्ट फुटेन तर फुटे भन्दा कम दुखेन l उनले बुढी कन्या बिबाह गरेका थिए l बुढी अबिबाहित थिइन् तर के कन्या नै थिइन् त ? सबैको चरित्र सबैले बुझेका हुन्छन ? मेरो चरित्र उनले बुझेका थिए मैले पनि त उनको चरित्र बुझेकी थिएँ l म उनलाई चाहन्थें l उनले इन्कार गरे l महिलाले अर्को पुरुष भोग गर्दा चरित्रहिन हुने तर पुरुषले जति वटी महिला भोग गरे पनि किन चरित्रवान हुन्छन् ?

    उनि पनि त मसंग लागेका थिए l म चरित्रहिन भएँ उनि चरित्रवान कसरि भए? उनकै अनुरोधमा सबै गरेकी थिएँ l जे गरें उनकै लागि गरेकी थिएँ l त्यसपछि मलाई त्यो शहरमा बस्न मन लागेन घर बेचें र अर्कै शहरमा छोरी लिएर हिडें l एक्लै जिउने प्रण गरें l साबधान भएँ l कुनै पुरुष प्रति नजर नालागोस बरु आँखा फुटेर अन्धो हुनु परोस, मेरा प्रेम रसहरु शारीरमै सुकुन l यहि प्रतिबद्दता राखें ll उनलाइ हरेक सम्पर्कका माध्यमबाट बन्द गरें l तर याद बन्द गर्न सकेकी छैन l एककोहोरो यादले सताएको छ l बुढाको यादले , प्रेमीको यादले l छोरीलाई मैले पाएको शिक्षाको संस्कार दिनु छ छोरीलाई बुझाउनु छ l पुरुषबाद समाजको एउटा आँखो देखाउनु छ l मेरी छोरीलाई म भएर हैन मेरी छोरी भएर बाँच्न सिकाउनु छ lछोरी बढ्दै छिन l जति छोरी बढ्छिन मेरा कर्तब्य, जिम्मेवारी र एककोहोरो याद त्यो भन्दा धेरै भएर बढिरहेका छन् l आफैंमा लुप्त,पिडित र बिकृत याद l निर्मला देवी तिम्सिना (ओखलढुंगा )

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    रहेनन् गायक तथा संगीतकार गणेश रसिक

    १९ जेष्ठ २०८२, आईतवार

    पत्रकार तथा साहित्यकार कसजूलाई ‘जनमत जनक प्रधान सेवा’ सम्मान

    २५ चैत्र २०७९, शनिबार

    श्री ३ गिद्ध

    १४ जेष्ठ २०७९, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.