काठमाडौं । फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने विश्वकपका बुधबार स्विट्जरल्यान्डले २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा छ ।
स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।