Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » यात्रा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन

    यात्रा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन

    By सूचनापाना११ फाल्गुन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो ।

    SuchanaPana.com

    यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । उनको निवेदनमाथि शुक्रबार सुनुवाइ हुने छ ।

    नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा जान पाउने छैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् ।

    गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो ।

    नेपालले यही फेब्रुअरी २७ देखि युएईमा त्रिदेशीय सिरिज खेल्ने छ । आइसिसी विश्वकप लिग-टू अन्तर्गत नेपालले युएईमा ४ खेल खेल्ने तालिका छ । नेपालमा भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउने क्रममा ४ खेलबाट १३ विकेट लिएका थिए । उनले सुरुका ३ खेलमा समान ३र३ विकेट र अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

    नेपालले युएई भ्रमणका क्रममा आयोजक युएई र पपुवा न्यू गिनी (पीएनजी)सँग समान २/२ खेल खेल्नेछ । यसका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज बिहीबार १५ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.