Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरुलाई छेक्ने छैन । सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छेनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।…
सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले बताए ।दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको उनले जानकारी दिए । अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको उनले जानकारी गराए । उनका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा…
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा…
काठमाडौं । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदैछिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेकी हुन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने छिन् ।
काठमाडौं । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।। चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ । असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ । चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको…
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो । मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्यो । अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए । अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे । अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे । अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा करिब ५५ बर्षीय बिबी माझीको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि १६ जना पुरुष र ७ जना महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको हो । पक्राउ परेकाहरुले प्रहरी समक्ष पितृ चढेको मानिसहरूले पितृ चढेपछि के के भयो, के के गर्यो, घटना के कसो भएको भन्ने केही कुरा थाहा नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले प्रारम्भिव अनुसन्धानको क्रममाा अन्धविश्वासको कारण यस घटना घटेको देखिएको बताए । यी हुन पक्राउ पर्नेहरु…
एजेन्सी । मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि रातो ग्रहलाई फोहोर फाल्ने र यसलाई पृथ्वीजस्तै बनाउने प्रयासमा हामी पछि परेका छैनौं । वेस्ट भर्जिनिया युनिभर्सिटीमा रोबोटिक्समा पोस्टडक्टोरल रिसर्च फेलो काग्री किलिकका अनुसार ‘मानिसहरूले गरेको साहसिक रोबोट अन्वेषणले रातो ग्रहमा ७ हजार ११८ दशमलब ६ किलोभन्दा बढी मानव फोहोर छोडिसकेको छ ।’ यो अनुमानमा पुग्नको लागि सबै मार्स रोभर…
एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दाबढी प्रहरी अधिकारी परिचालन गरिएको जनाइएको छ । एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो । उनी ६७ वर्षका थिए ।
चौतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु…