Author: सूचनापाना

काठमाडौं । असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले घरेलु मैदानमा लामो समयपछि हुन लागेको मैत्रीपूर्ण खेलमा महँगो दरमा टिकट बेच्न लागेको हो । बाँकी टिकट भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रहेको छ ।

Read More

काठमाडौं । मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । चुमनुब्री गाउँपालिका१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिउँपहिरो जाँदा एक दर्जन पर्यटक हराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ सय जना आरोही तथा सहयोगी पुगेका थिए । यद्यपि मानवीय क्षति पुष्टि भैसकेको छैन । खोजी र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर आधार शिविरमा पुगेको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । आज ठमेलस्थित यात्री होटलमा भएको बैठकले बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने निर्णय गरेको हो । साथै, बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने निर्णय भएको एक नेताले जानकारी दिए । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ स्वीकृत गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएसँगै निर्वाचन अवधिभर प्रहरी र सशस्त्रले गरिरहेको महत्त्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षा व्यवस्थामा सेना परिचालन गर्न बाटो खुलेको छ । एकीकृत सुरक्षा योजना अनुसार कारागार र विमानस्थलको सुरक्षामा सेनालाई खटाउने निर्णय गरिएको छ । मतदान स्थलको भित्री सुरक्षा बाहेक बाहिरी सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारी सेनालाई दिइएको छ ।…

Read More

एजेन्सी । दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन । अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो ।

Read More

भैरहवा । रुपन्देहीको निर्वाचन- ३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । को कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका…

Read More

काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको पनि उनले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौँबाट…

Read More

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ । विभागका अनुसार गत साउन र…

Read More