Author: सूचनापाना

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन् । यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारवाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरित…

Read More

काठमाडौँ । सेयर बजार आज सोमबार बन्द हुने भएको छ। बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब नेप्से मंगलबार बिहान ११ बजे खुल्ने छ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालको विषयमा परेको रिट निवेदनमाथि आइतबार कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार दिँदै १५ दिनभित्र कारण माग गरेको हो। अधिवक्ताहरू किशोर पौडेललगायतले रिट निवेदन दर्ता गर्दै निर्वाचन तोकिएर समानुपातिक उम्मेदवार दर्ता भैसकेको बेला पनि सभामुख र उपभासमुखको पदीय हैसियतमा रहिरहेको भन्दै पदमुक्त गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो। प्रतिनिधिसभाको निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाल सकिएको रिट निवेदनमा माग दाबी गरिएको थियो।’ प्रतिनिधिसभाको सम्माननीय सभामुख र उपसभामुखको पद प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित भई मिश्रित निर्वाचन…

Read More

काठमाडौँ । निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ। निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए। नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्। दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए। आचारसंहिता पालना…

Read More

पोखरा । प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा बढुवा अब गण्डकी प्रदेश सरकार आफैँले गर्ने भएको छ । संसद अधिवेशन अन्त्य भइसकेपछि जाँदाजाँदै अध्यादेशमार्फत ल्याएको प्रदेश निजामती र स्थानीय सेवा गठनसम्बन्धी ऐन शुक्रबार पारित गरी प्रदेश प्रमुखबाट प्रमाणितसमेत भइसकेको छ । संघीय सरकारले निजामती ऐन नल्याउँदा गण्डकी प्रदेशले संसद अधिवेशन अन्त्य भइसकेपछि चुनावको मुखमै भए पनि प्रदेश निजामती र स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन अध्यादेशमार्फत ल्याएको हो । गण्डकी प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत ऐन जारी गरेको छ, त्यो पनि स्थानीय तहका कर्मचारीको विरोधका बाबजुद । अहिलेसम्म संघीय सरकारले गराउँदै आएका एघारौँ तह ९सहसचिव०…

Read More

काठमाडौं । देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ललितपुरको बालकुमारीमा हिजो मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा चालक सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ बर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । घाइते दुबैको बि एण्ड बी।अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ । घाइते मध्ये चालक महर्जनको अवस्था गम्भिर रहेको छ । हिजो साँझ सवा ७ बजे बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रभाग बालकुमारीले जनाएको छ । बाराको फेटा गाउँपालिका १ भलुही…

Read More

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । आजदेखि नौ…

Read More

डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्बिर : हेमन्त केसी/रासस

Read More

काठमाडौं । काठमाण्डौको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको…

Read More