Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । सरकार र आमरण अनशनरत डा.गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा।केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।
काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ। बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। हिजो पनि शीर्ष नेताहरूबीच दिनभर छलफल भएको थियो। दलहरू आफ्नै अडानमा रहेपछि सहमति हुन नसकेको हो। प्रतिनिधिसभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिट र प्रदेशसभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरूको छ। सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन…
महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार घास काटन जंगल गएकी थिइन् । मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद…
एजेन्सी । रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ । पछिल्लो तथ्यांकअनुसार, रूसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलब ५ ट्रिलियन रूबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलब ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ । यसअघि, मस्कोले सन् २०२२ देखि सन् २०२४ को अवधिमा कुल १० दशमलब ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३…
काठमाडौं । आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । चाडवाडमा दुर्घटना रहित यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यालयले काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ ।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६:३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
एजेन्सी । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौंलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ । सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए ।सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा…
एजेन्सी । इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।महिलाहरुले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा…
हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छन् । आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए । हेटौंडा-काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले…
काठमाडौं । मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ । फ्रान्सको ले हाभ्रेमा शुक्रबार राति भएको खेलमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा रिचार्लिसनले दुई र मार्क्विन्होसले एक गोल गरे । फरवार्ड नेयमारको नाममा दुई असिस्ट रह्यो । अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ ।