Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए । अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५…
काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो । योसँगै सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ । इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे । खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका लागि मार्क उडले ३…
काठमाडौँ । यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ’, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने। बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ…
भरतपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
काठमाडौं । नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न । तर महानगरले भने सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टलाई पछ्याएर भूमिगत टुकुचा खोतल्न सुरु गरेको छ । नापीनक्सा नै भएको भूमिगत टुकुचाको कसरी पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट तयार भयो ? महानगरपालिकाले भूमिगत टुकुचा खोला खुला गर्न सुरु गरेपछि यो प्रश्न उठेको छ । सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन गरेको हो । आयोजनाले टुकुचाको पानीको मात्रा मापन गर्ने प्रयोजनका लागि मात्र पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार गरिएको…
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्थाहाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित स्थानमा हल्का वर्षा भइरहेको छ। शनिबारदिउँसो – देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ…
काठमाडौँ । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको प्रदर्शनकारीहरूको आरोप छ । उनीहरूले ‘राष्ट्रपति राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर, संविधान उल्लङ्घन गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । जसपा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा भएको…
काठमाडौं । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले उक्त सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् । टुकुचा सुरुङबारे अध्ययन गर्न बनाएको समितिको यो प्रमाणित सँगै टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् । महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले एक अध्ययन समिति बनाएको थियो । पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ । त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ…
सत्ता गठबन्धनमा सिट बाँडफाँट सहमति जुटाउन सकस-काँग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबिच भेटवार्ता
काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सकस परिरहेका बेला काँग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् । गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन