Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताए । त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।
काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरू लगायत सहभागी छन् । टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको एक नेताले बताए । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकाङ्क्षीहरू पनि सहभागी हुने छन् ।
काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यन्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार उक्त निर्देशन दिएको हो । ‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्ववस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा…
काठमाडौं । जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो । नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो । आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ । साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै…
दलहरूको राजनीति विफल तर माथिल्ला नेताहरू प्रायःको ‘हाम्–नीति’ सफल जतिसुकै मथे पनि, सार आउने यही हो । मङ्सिरको संघीय÷प्रादेशिक चुनाव धेरै हिसाबले नौलो हुनेछ । यसका पूर्व चित्रहरू अहिलेदेखि देखिन सुरु गरे ।दुई दुईपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी ओली कतिपय सबालमा अरू राजनीतिक पार्टीका नेताभन्दा धेरै बाठा लाग्छन् । ओभर स्मार्ट हुन मन पराउने ओली सार्वजनिक रूपमै अरूप्रति कटाक्ष र हल्का टिप्पणी गर्न औधी रूचाउँछन् । आफ्ना विरोधीमाथि उनी अमर्यादित आरोप प्रत्यारोपसहित बारम्बार खनिन्छन् । आफूलाई एक्ल्याएको आक्रोशमा ओलीले नेकपाका पूर्वसहकर्मीहरूलाई ‘देशद्रोही’ कै संज्ञा दिनु त्यसैको पछिल्लो उदाहरण हो । केही दिनअघि ओलीले नेकपाका पूर्व पाँच नेतालाई देशद्रोहीको संज्ञा…
भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ। मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए। गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।
काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु)को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा परेका रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेसी तोकिएको छ । तर, राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश/उत्प्रेषण आदेश माग गरिएको रिटको शुक्रबार हुने सुनुवाइ सूचीमा ३२औँ नम्बरमा राखिएको छ । उक्त माग राखेर पाँचवटा रिट परेका छन् । अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् । ३१ वटा रिटको सुनुवाइपछि पालो आउने…
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक र फोन पेबीच दसैँतिहारलक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु १०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ । यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दसैँ र तिहार गरी दुईपटक यो अफर सञ्चालन हुने भएको छ । दसैँलक्षित यस अफर असोज ७ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कात्तिक २ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ ।…
काठमाडौँ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो । नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइ फाइनान्स फोरमद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी…