Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
कुश्मा । अविरल बग्ने कालीगण्डकी नदीले छुट्ट्याएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । तस्बिरः सुमनजङ्ग थापा/रासस
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो चलचित्र करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको चलचित्रले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ । हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण चलचित्रले ठूलो हाइप छ । यसैले फिल्मले ओपनिङ ब्यवसाय समेत राम्रो…
पर्सा । युरोपियन युनियन र युएनडिपीको सहयोगमा नेपाल सरकारले पर्साको पर्सागाढी नगरपालिकामा सञ्चालन गरेको ३० दिने आलमुनियम फेबरिकेटको तालिममा सहभागीलाई सिकाउँदै प्रशिक्षक । विदेशबाट फर्किएका १८० युवालाई आत्मर्निभर बनाउन नेपाल सरकारले विभिन्न पाँच विधामा सिपमूलक तालिम दिइरहेको छ । तस्बिर : विजयकुमार महतो/रासस
त्रिशूली । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यात्रुलाई सहयोग र यातायात क्षेत्रलाई व्यवस्थापित बनाउन नुवाकोटको बट्टारमा शुक्रबार स्थापना गरिएको यात्रु/नागरिक सहायता कक्षको उद्घाटन गर्दै विदुरका नगर प्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल । जिल्लाको छ स्थान बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारबाट एकैसाथ केन्द्र सञ्चालनमा ल्याइएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
लमजुङ । भूगोलविद् डा हर्क गुरुङको १६औँ स्मृति दिवसका अवसरमा आज बेँसीसहर नगरपालिकामा रहेको शालिकमा संविधानसभा सदस्य एवं नेकपा९ एमाले० केन्द्रीय सदस्य जमिन्द्रमान घलेले माल्यार्पण गरेका छन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७, तरांचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते जन्मनु भएका गुरुङ विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा उहाँसहित २४ जनाको मृत्यु भएको थियो । तस्बिरः जनक श्रेष्ठ/रासस
डोल्पा । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ । ‘जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री (पिपिए)लगायत काम सम्पन्न भइसकेका छन्’, उनले भने । विभिन्न निकायबाट शेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको…
खोटाङ । निर्माणाधीन अवस्थामै अलपत्र बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको रामनाथ बहुउद्देश्यी नमूना एकीकृत बस्ती । बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर स्थानीयवासीका लागि निर्माण सुरु गरिएको उक्त बस्तीमा रु दुई करोडभन्दा बढी खर्च भइसके पनि सञ्चालनमा आउने अवस्था छैन् । तस्बिर : केदार मगर/रासस
काठमाडौँ । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए । उनले भने, ‘हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूत रूपमा पूर्णता दिने, कहीँ कतै कमी-कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।’ प्रतियोगिताका सन्दर्भमा गठन भएका…
काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरीको माग भएकामा २ लाख ३२ हजार ८८ को आवेदन परेको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुला गरेको थियो । प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका छन् । देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन खुला गरिएको थियो । म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौँ उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् । मंसिर…
दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका–५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका–६ का १८ वर्षीय दिनेश धामी रहेका छन् । घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ । सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप हिजो बेलुकी सवा ८ बजे ब्रेक फेल भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको इलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले जनाएको छ ।