Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।
काठमाडौं । नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ । संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्यले जानकारी दिए । भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो । युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् । ‘नेपालको विकास र समृद्धिका…
नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताउनु भएको छ । त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् । ‘एकमात्र पूर्व राष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन्’बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो सिधा मत छ–वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार भएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो । उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २०/३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए । उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पार्टीमा भएका नेताहरुको पनि मानमर्दन गर्न नहुने धारणा राखेका थिए । सल्लाहकार परिषद्का…
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् । पाँच फरक रिट निवेदनहरु एकसाथ डा. शर्माको एकल इजलासमा पेशी तोकिएको हो । ३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरुको सुनुवाइ हुने सम्भावना कम छ । संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् । उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।
काठमाडौं । सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले आफ्नो नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् । सानिमाकै संस्थापक सेयरधनीले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
काठमाडौं । कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कलाकार महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् ।
एजेन्सी । अभिनेता ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु फिल्मको व्यग्र प्रतिक्षामा छन् । यो फिल्ममा पहिलोपटक ऋतिक र सैफ स्क्रिन सेयर गर्दैछन् । फिल्ममा ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मकै लागि सैफले धेरै मेहनत गरेका छन् । उनले वास्तविक पेस्तोलसँगै फिल्मको सुटिङ पुरा गरेका छन् । फिल्मका निर्देशक पुष्कर–गायत्रीका अनुसार चरित्रमा आफूलाई ढाल्नका लागि सैफले वास्तविक बन्दुकका साथ ट्रायल सुटिङ पुरा गरेका थिए । एक दबंग प्रहरी अधिकृतको भूमिका निभाउनका लागि उनले शारीरिक हाउभाउमा धेरै ध्यान दिएका छन् । जुन कुरा दर्शकले फिल्म हेरेर अनुभव लिनेछन्…
भजनी । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापुरमा प्रयोगविहीन अवस्थामा रहेको कभर्डहल । वर्षौं पहिले निर्माण भएको कभर्डहल प्रयोगविहीन भएपछि जीर्ण बन्दै गएको छ । तस्बिरः झलनाथ खनाल/रासस