Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं। युइएफए नेसन्स लिगमा अष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ । समूहको अर्काे खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गर्यो । क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले समान एक एक गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए । जितसँगै क्रोएसिया ५…
काठमाडौं। कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो । जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे । टी-२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना विकेट पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । न्युजिल्यान्डले सन् २०१६ मा…
दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । दुई जना घाइते भएका छन् । दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका(६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं। समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । Press_2079_6_6-1Download
मुम्बई। अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन् । अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन् । ‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो । त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा…
काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।
काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन…
तुलसीपुर । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । ‘पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ’, उनले भने । पहाडी जिल्लामा चामल पु¥याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय…
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् । बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ । समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे । जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड…