Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन…
तुलसीपुर । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । ‘पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ’, उनले भने । पहाडी जिल्लामा चामल पु¥याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय…
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् । बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ । समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे । जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड…
काठमाडौं । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो। आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका…
काठमाडौं । जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्। सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर-पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् । निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको हो। आयोगको यो निर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलोपटक मतदान गर्दैछन्। सिन्धुको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका-३ स्थित तेम्बाथान र तेगावासी यसअधिका निर्वाचनमा भने सामलतुमल बोकी भोट खसाल्न आधा दिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए। यी दुर्गम गाउँबाट गाउँलेको प्रतिनिधित्व गरेर केही मतदाता मात्र…
काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे । अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा…
काठमाडौं । अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको)राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन…
काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्याएर पारित भएको विधेयकलाई समयसीमा (दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् । राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।