Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
नेपाल पत्रकार महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै दीर्घकालीन समाधानका लागि निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको हो । महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै विधिको शासनमाथि प्रहार भएको ठहर गरेको छ । महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको…
रामेछाप । रामेछाप जिल्लामा एक हजार भन्दा बढीले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले माग गरेको देशभरिको कूल एक लाख १५ हजार म्यादी प्रहरी परिपूर्ति गर्न हाल ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत धमाधम आवेदन लिईरहेको छ। रामेछापमा एक हजार भन्दा बढिले आवेदन दिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ३०८ जना महिला र बाँकी पुरुषले आवेदन दर्ता गरेका छन् । ‘दर्ता भइरहेको छ, अझै थपिने क्रममा छ, ढकालले भने ।’ निर्वाचनमा पनि गत स्थानीय तहमा काम गरेका म्यादीलाई…
रामेछाप ।नजिकिँदो चाडपर्वलाई लक्षित गरी रामेछापको रामेछाप नगरपालिकाले रामेछाप बजारमा अनुगन गरेको छ । नगरपालिकाले रामेछाप बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुको अनुगमन गरेको हो । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताए । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामल,पियपदार्थ सहितका खाद्यान्न,मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर म्याद सकिएका समाग्रीहरु रहेनरहेको बारे बजार अनुगमन गरिएको उनले भने। साथै व्यवसाय दर्ता,नविकरण,मुल्य सुची रहेनरहेको बारे पनि अनुगमन गरिएको थियो । रामेछाप बजार अनुगमन गर्दा अखाध्य सामाग्री खासै फेला नपरेको श्रेष्ठले बताए ।वडा नं ८ का वडाअध्यक्ष सन्तोष…
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ । “संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश…
पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेद्वार हुनेछन् । गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन् । स्राेतका अनुसार गोरखा १ मा…
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए । आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए । विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक…
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।
काठमाडौँ । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए । गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् । जेब्रा क्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको उनले बताइन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् । स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने…
काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’ क्षेत्रीले भने, ‘अब हामी चुनावमा भाग लिन्नौ । बहिष्कार गर्ने निर्णयमा पुग्यौ ।’ गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो…