Author: सूचनापाना

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो। घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन)ले जानकरी दिए । चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

Read More

काठमाडौँ । विनियमावलीको अभावमा नेपाल खानेपानी संस्थानका कर्मचारीको खुला पदपूर्ति, बढुवा र सेवा सुविधासँग सम्बन्धित सबै प्रक्रिया ६ वर्षदेखि अवरुद्ध बनेको छ । कर्मचारी अभावमा संस्थानले मुलुकभरका २३ कार्यालयबाट पुर्‍याउने सेवा प्रवाह प्रभावित भएको छ भने एउटै व्यक्तिलाई दुई कार्यालयको जिम्मेवारी दिइएको छ । करार सेवाका तीन सयभन्दा बढी कर्मचारीले १२ वर्षभन्दा बढी समय काम गरे पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन । संविधानले लोकसेवा आयोगसँग अनुमति लिएर मात्र कर्मचारीको भर्ना गर्न पाइने व्यवस्था गरेको छ । त्यसका लागि संस्थानको विनियमावली स्वीकृत हुनुपर्छ । पटक-पटक मन्त्रिपरिषद्मा पठाइएको विनियमावली स्वीकृत नभएका कारण संस्थानको कार्य क्षमतामा ह्रास आएको कर्मचारीहरू नै बताउँछन् । संस्थागत सेवा महाशाखाका उप प्रबन्धक त्रिदीपकुमार…

Read More

काठमाडौँ । विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता तथा समझदारी गर्ने क्रम बढेसँगै कडाइ गरिएको छ । स्थानीय, प्रदेश तथा कतिपय संघीय सरकारका पदाधिकारीहरुलेसमेत विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी सङ्घ संस्थाहरू, विकास साझेदार लगायतका सङ्घ संस्थाका पदाधिकारीहरूसँग भेटघाट, वार्ता, भ्रमणको आदानप्रदान गर्ने क्रम बढेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक आचारसंहिता २०७७ लाई कडाइका साथ लागू गर्न भनेको हो । बुधवार स्थानीय, प्रदेश र संघीय सरकारका मन्त्रालयहरूलाई छुट्टाछुट्टै पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको सहमति र निर्धारित विधि र प्रक्रियाबिना सबै प्रदेश सरकार तथा स्थानीय तहले वैदेशिक सहायता लगायतका विषयमा कुनै पनि प्रकारको सम्झौता वा समझदारी गर्न…

Read More

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)को निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौँको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ । आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत…

Read More

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक…

Read More

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ६७ पैसामा र विक्रीदर १२८ रुपैयाँ २७ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ । त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ७४ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ३३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४४ रुपैयाँ ८२ पैसामा खरिद र १४५ रुपैयाँ ५० पैसामा बिक्रि भईरहेको छ ।

Read More

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा ५ सयले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

कोलम्बो। श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ । देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ । आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ । २२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो । गत महिना श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति कम हुने अपेक्षा गरेको थियो । देशले इन्धन, मल र औषधिलगायत प्रमुख आयात धान्न सकेको छैन । गत हप्ता सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले अगस्टको अन्त्यसम्मको तीन महिनामा अर्थतन्त्र ८.४ प्रतिशतले संकुचित भएको देखाएको छ । महामारीअघि श्रीलंका…

Read More

झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि (महाराज) पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्षेत्रमा जाने गर्थे । तत्कालीन समयको स्मरण गर्दै घनाजङ्गल र बाटोसमेत नहुँदा मानिस…

Read More