Author: सूचनापाना

कलैया । बारामा डेंगीको प्रकोप बढ्दै गएको छ । डेंगीका बिरामी बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए । डेंगी परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए । डेंगी अझै बढ्न सक्ने उनको भनाइ छ…

Read More

पोखरा । चुनावको सम्मुखमा गण्डकी सरकारले करको दर हेरफेरको तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० मा ल्याएको बजेटमा सवारीदेखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि तत्कालै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले सवारीको जरिबाना हेरफेर गरेको थियो । तर, सवारीको नवीकरण शुल्क घटेको छैन । सम्पत्ति करअन्तर्गत पर्ने घरजग्गा रजिष्ट्रेसनलगायत करहरू अहिले पनि कार्यान्वयनमा आएका छन् । नागरिकहरूको चौतर्फी विरोध र आलोचना भए पनि सरकारले तत्काल त्यसलाई पुनरवलोकन गरेन । घरजग्गामा गत वर्षको तुलनामा ३२८ प्रतिशतसम्मले करवृद्धि भएको छ । सवारीमा बढेको २०० प्रतिशत जरिबाना भने विभागीय मन्त्रालयले बाधा अड्काउ फुकाउको…

Read More

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । “३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु,” उनले भने, “पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौं ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।”

Read More

प्योङयाङ । उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो । रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं । हामी मस्कोलार्य हतियार निर्यात गर्ने योजना पनि गर्दैनौं । ’ युक्रेनमा आफ्नो युद्धलाई समर्थन गर्न रसियाले कम्युनिष्ट देश उत्तर कोरियाबाट तोपखाना गोला र रकेट खरिद गरिरहेको सेप्टेम्बरको सुरुमा ह्वाइट हाउसले दाबी गरेको थियो ।…

Read More

नियामी । जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् । टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् ।अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए ।नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ ।

Read More

काठमाडौँ । सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले पहिलेजस्तो सजिलै सबै ठाउँमा सिटामोल नपाए पनि पाउँदै नपाउने अवस्था भने नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका ठूला अस्पतालभित्र वा वरपर रहेका औषधि पसल वा फार्मेसीमा गएर बुझ्दा सिटामोल नभएको पाइएको छैन । यस विषयमा हामीले प्रत्यक्ष र परोक्ष रूपमा बुझ्ने काम गरिरहेका छौँ ।” दैनिक दस लाख ट्याब्लेट उत्पादन…

Read More

मस्को । युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ । राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ । बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ । प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा…

Read More

काठमाडौं । सत्ता गठबन्धनका युवा संघसंगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो । लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ । राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको छ ।

Read More

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे ।उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।

Read More

काठमाडौं । कानुन व्यवसायीहरुले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीहरुलाई बोलाएको थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ लगायतले राष्ट्रपतिको कमद असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरुलाई सुझाव दिएका हुन् । राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी पूरा नगरेको उनीहरुको भनाइ थियो । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्रो पटक शीतल निवास पुगेको विधेयकलाई इन्कार गर्न नमिल्ने बताए । ‘संसद्‌बाट विधेयक पारित गरेर पठाइसकेपछि एक पटकलाई पुनर्विचारका लागि पठाउन सकिने…

Read More