Author: सूचनापाना

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् । यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं। काठमाडौंको डल्लु स्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । टंकेश्वरबाट डल्लुपुल तर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए । दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

Read More

नवलपरासी। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए । बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

Read More

लन्डन। युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिए । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो । न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए । युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए ।

Read More

लसएन्जल्स। हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ । हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन् । ‘म त्यो क्षणलाई भुल्न सक्दिनँ । जब मलाई फिल्मको टिमले फोन गरे । म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो । मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो…

Read More

वर्लिन। जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ । जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकोले ग्यास अभाव भएको छ । सम्झौताले युनिपरको ऊर्जा आपूर्तिकर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र…

Read More

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो । सर्वाेच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो । तर, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ । ती मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ भने मतदान गर्न पाउने छैनन् । निशान्त पोखरेलसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले निर्वाचन आयोगलाई मतदाता नामावली ऐन २०७३…

Read More

मुम्बई । फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् । यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन् । फिल्मप्रति सबैको आशा थियो । यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मनपराएका थिए । तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन । जसकारण फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल रह्यो । यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर…

Read More

भैरहवा । नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो । दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् । अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको…

Read More

काठमाडौं । देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । प्रदेश–१, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आन दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका…

Read More