Author: सूचनापाना

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

Read More

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास…

Read More

धनगढी । श्रीमतीको हत्या गरेर फरार रहेका कैलाली गौरीगंगाका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । कैलालीमा बिहीबार बिहान भएको ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए । डीएपी पाण्डेकाअनुसार अहिले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । तर, हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको…

Read More

सर्लाही । सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो । नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमणसमेत गरेका थिए । यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको…

Read More

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास…

Read More

काठमाडौं । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) मा उक्त कुरा उल्लेख गरिएको छ । अख्तियारका अनुसार गत आर्थिक वर्ष परेका उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । परेका उजुरीमध्ये ३३.१ प्रतिशत स्थानीय तह (संङघीय मामिला मन्त्रालय समेत)सँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । परेका उजुरीमध्ये १५.३ प्रतिशत शिक्षा (स्थानीय तहसमेत), ७.७ प्रतिशत भूमि प्रशासन, ४.६ प्रतिशत वन तथा वातावरण, ३.९ प्रतिशत स्वास्थ्य तथा जनसंख्या, ३.८ प्रतिशत भौतिक पूर्वाधार तथा यातायात, ३.७ प्रतिशत गृह प्रशासन र ३.२ प्रतिशत उद्योग…

Read More

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ । बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।

Read More

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरूले ‘स्विमसुट राउण्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक अदा प्रस्तुत गरे । ८ असोज शनिबार हुने फिनालेमा ममिता थापा, अर्बिन नेपाल, आरती सराफ, सन्दीप साह, मनिला राना, शैलेश मगर, सुनेना तामाङ, सन्जय पुरी, पारु भट्टराई, अनिश तामाङ, सचिता चौधरी, अग्नीश्री विश्वकर्मा, सुस्मिता राई, विनोद दवाडी, गीता क्षेत्री, सन्जु केसी, मनिषा बिडारी प्रतिष्पर्धी छन् । त्यस्तै समीर आचार्य, राबिया नगरकोटी, प्रवलकृष्ण शिंखडा, साक्षी बास्तोला, आयुष न्यौपाने, संगम बस्नेत, वसन्त पाण्डे, नम्रता…

Read More

मुम्बई । ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो । उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन् । उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ । यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए । ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ । पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन् । उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन् ।…

Read More

बागलुङ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई…

Read More