त्रिशूली । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यात्रुलाई सहयोग र यातायात क्षेत्रलाई व्यवस्थापित बनाउन नुवाकोटको बट्टारमा शुक्रबार स्थापना गरिएको यात्रु/नागरिक सहायता कक्षको उद्घाटन गर्दै विदुरका नगर प्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल । जिल्लाको छ स्थान बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारबाट एकैसाथ केन्द्र सञ्चालनमा ल्याइएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
