Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् । उपरक्षा मन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ । जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए । मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।
काठमाडौं । दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ । कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ । स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ ।
प्योङयाङ । उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने । उत्तरले सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ । उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । मे महिनामा पदभार ग्रहण…
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ । शनिबार राति नर्वेलाई स्लोभानियाले २-१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए । तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
काठमाडौं । बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राति प्रदेश १, मधेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तरपूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ ।
काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा। केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्। डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ। सरकारी वार्ता टोली र डा.केसीले सहमतिमा हस्ताक्षर गरेका छन्। डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए।तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ। यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्याएर खरिद…
काठमाडौँ । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ । समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा सवारीसाधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा…
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताएकी छन् । मध्यपुरथिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई सङ्कटतर्फ धकेल्न खोजेको बताइन् । मन्त्री भुसालले भनिन्,’नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेल्नुभएको छ ।’ मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई सङ्कटतर्फ धकल्न त खोजिएको होइन भन्ने…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् । धनुषाको विदेह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले धाँधलीको तयारी प्रहरी प्रशासनमा व्यापक सरूवा गरी थालनी गरेको आरोप लगाए। सत्ता गठबन्धनले सहयोग नगर्ने प्रहरी र कर्मचारीको धमाधम सरूवा गरेको उनको आरोप छ। ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने…