Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । दशैंमा घर जानको लागि गंगबुस्थित नयाँ बसपार्कको टिकट काउण्टरमा टिकट लिन आएका यात्रुहरुको घुइँचो। तस्बिर ः हरिराम भेटुवाल, रासस
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ। कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता…
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् । यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारवाही गरेको कार्यालयले जनाएको छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले तत्काल लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता पत्र भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।
रुपन्देही । विभिन्न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे ।
काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।
बागलुङ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई(दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए ।’सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ’, उनले भने, ‘यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।’ उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपुर्याउन हप्ता दिनसम्म…
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० प्रवेश गरेर काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् । ‘झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी९मडरेट कन्जरभेटिभ०’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ । अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ,’ मिश्रले राजीनामा पत्रमा लेखेका छन्‚ ‘त्यसका लागि मैले पार्टी…
काठमाडौं । बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ । सेतो कपडा लागाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा…
रामेछाप । पितृ खुशी नभएको भन्दै भेला भएका माझी समुदायको कुटपिटबाट ५५ बर्षिय बिबि माझीको हत्या भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ आइतवार भेला भएका माझी समुदायले कुटेर माझीको हत्या गरेका हुन् । माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए । डिएसपी थिङका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २३ जनालाई प्रक्राउ गरिएको छ । आफुले मृतकलाई कुटपिट नगरेको र पितृ खुशी नभएको कारण…