Author: सूचनापाना

टोरेन्टो । पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार गोलीकाण्डमा कम्तीमा तीन जना घाइते भएका छन्।  एक सशस्त्र संदिग्धको बारेमा प्रहरीले अलर्ट जारी गरेको छ । अलर्ट जारी गरेको केही समयपछि मिल्टननजिक प्रहरीले अर्का संदिग्धलाई पक्राउ गरेको थियो । मिल्टन प्रहरीले ट्वीट गरेको छ, ‘एक जनाको घटनास्थलमै मृत घोषणा गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ ।’ पछिल्ला वर्षमा क्यानडामा सामूहिक नरसंहारका घटनामा वृद्धि भएका छन् । सेप्टेम्बर ४ मा दुर्गम सास्काचेवान छुरा प्रहार हुँदा आदिवासी समुदायमा १० जनाको मृत्यु र १८ जना घाइते भएका छन् । ओन्टारियोका…

Read More

काठमाडाैं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् । डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् । आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् । ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने…

Read More

मुगु ।  मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ ।   पीडितकाे उजुरीका अधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि बिस्तृत अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ।

Read More

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुदै सोल्टी होटलसम्मको सवारी आवागमन प्रभावित हुनेछ । दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ । त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटल…

Read More

काठमाडौं । गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको छ। कार्यविधि अनुसार पर्यटकका रूपमा मलेसिया, खाडी, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक घुम्न जाने सर्वसाधारणको वार्षिक आय कम्तीमा चार लाख हुनुपर्ने छ। दुईलाख रकम बैंक खातामा हुनुपर्ने छ। त्यस्तै हवाई टिकट लिनु अगाडि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि घुम्न जानुभन्दा एक साता अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ। अध्यागमन विभागले आवश्यक सफ्टवेयर निर्माण गरेपछि अर्थात ३० असोजदेखि लागू हुनेगरी कार्यविधि स्वीकृत गरेको हो। रोजगारी तथा आकर्षक तलब सुविधाको प्रलोभनमा परी भिजिट भिसामा विदेश गई अलपत्र पर्ने, ठगीमा पर्ने क्रम बढेसँगै सरकारले भिजिट भिसालाई कडाइ…

Read More

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए । विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए । बैठकमा सोमबारबाट हुने चिनियाँ जन कङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटिरहित ढङ्गले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएको सहसचिव पोखरेलले बताए । बैठकले दार्चुला जिल्लामा भएको विपद्को घटनाको समीक्षा गर्दै बेमौसमी वर्षाका कारण हुनसक्ने…

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।  आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट…

Read More

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् ।  प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् । ‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिनुभएको थियो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण…

Read More

काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धनुषाको मिथिला बिहारी नगरपालिका–२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको…

Read More