Author: सूचनापाना

काठमाडौँ । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री राजीनामा दिएकी छन् । प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले राजीनामा दिएकी बीबीसीले लेखेको छ । सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्विडेनको संसद्मा राष्ट्रवादी एवं अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् । एन्डरसनले स्विडेनको ३४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिक रूपमा आज राजीनामा दिएकी हुन् । सभामुखमार्फत उनको राजीनामा स्वीकृत भएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् । सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फा क्रिस्टर्सनलाई…

Read More

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ। डेंगु रोग रोकथाममा सरकारले गरेका यी हुन् प्रयास–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको छ ।…

Read More

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दाबी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दाबी सही हो भने सिसिटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे । बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् भन्ने कामना गरे। उनले प्रधानन्यायाधीश राणाका भाइले बिचौलियाको भूमिका खेलेको कुरा बालुवाटारमा गएर…

Read More

काठमाडौं । कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो। टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। विसं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरी हाल जेल जिवन बिताइरहेका छन् ।

Read More

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ-नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित…

Read More

दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एकरएक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए । दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा…

Read More

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ ।  उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

Read More

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् । विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरूले मिश्रलाई लिङ्देनपछिको वरीयता दिँदै एकता टुङ्ग्याउने सहमति नजिक पुगेका हुन् । मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दाबीबाट पछि हट्ने सङ्केत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् । स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को(को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले…

Read More

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनीत गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दसौँ महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनीत अध्यक्ष केपी शर्मा ओली आफैँले गर्दै आएका छन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए । प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो । त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको…

Read More