Author: सूचनापाना

काठमाडौं । सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आयोगले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी सरुवा बढुवा लगायत विभिन्न सरकारी काम काजमा रोक लगाउदै भदौ २ गते सुचना जरी गरी आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि बताए ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् । सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स(सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् । कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् । ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने…

Read More

काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै कडाइ गरेको हो। कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ। कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ गते देखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नोट सटही सुविधा उपलब्ध गराउने गरेको छ । दशैं तिहारलाई लक्षित गरेर १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

Read More

काठमाडौं । एमालेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेशका लागि पार्टीका सुझावको आह्वान गरेको छ ।  अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्म सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ-आफ्नो सुझावसमेत दिइसकेका छन् । एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ । एमालेप्रति सद्भाव राख्ने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र…

Read More

काठमाडौं । महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् ।  प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो । आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलाबारे प्रश्न गरेको थियो । जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए । रन्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरोपलाई अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ ।…

Read More

काठमाडौं । सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी इच्छाराज तामाङसँग जोडिएका थप ३५ जना पनि अनुसन्धानको दायरामा परेका छन् । तामाङ, उनको परिवार र उनी संलग्न कम्पनीको कारोबारमा जोडिएको पाइएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणमा संलग्न हुन सक्ने देखिएपछि अनुसन्धानको दायरामा परेका हुन् । सिभिल सहकारी संस्था ठगी प्रकरणमा जोडिएका तामाङ तथा उनको परिवार र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनको परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । यस्तो अनुसन्धान गर्दै जाँदा विभागले ४१ जनाले शङ्कास्पद कारोबार गरेको र उनीहरूको अनुसन्धान गर्नुपर्ने तथ्य फेला पारेको थियो । विभागले तामाङ, उनकी श्रीमती सिर्जना, छोरीहरू…

Read More

बागलुङ – आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् । महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए । अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेरचनसहित गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश घट्टचन, द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको बुढाले…

Read More

रामेछाप । आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । आज बसेको कांग्रेसको बैठकले सभापति पूर्णबहादुर तामाङ कान्छारामसहित पाँच जनाको नाम सिफारिस गरेको हो । संघको टिकटको लागि सिफारिस हुनेहरुमा सभापति तामाङ, पूर्व सभापति रामचन्द्र खड्का, नारायण बहादुर बोगटी, कुमार श्रेष्ठ र एकराज वस्नेत रहेका छन् । ।

Read More

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा…

Read More