Author: सूचनापाना

रामेछाप । मंसिर ४ गते हुने निर्वाचनमा रामेछापबाट आफ्नो दावी रहेको कांग्रेस नेत्री बिनिता खड्काले बताएकी छिन् । रामेछाप प्रदेश सभा ‘ख’ बाट आफ्नो दावी रहने खड्काले बताएकी हुन्  ।  खड्काले भनिन् – मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तनमा बिभिन्न भुमिका निर्वाह गर्दै आएकोछु । जिल्लाको सबै नागरिक संग मेरो प्रत्यक्ष भेटघाट छ सबै नगरिकले विश्वास गरेका छन् युवा र महिलाहरुले आशा गरेका छन् त्यसकारण पनि मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो । विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी खड्का अहिले रामेछापको राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् । सानै उमेरमा राजनीतिमा सक्रिय रुपमा देखिएकै परिणाम हुन सक्छ…

Read More

काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त…

Read More

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ । यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ। अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरेको छ । यस्तै, मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड रुपैयाँ बराबरको अनुदान सहयता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले जानकारी दियो । नेपाल सरकारले विश्व बैंकसँग १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण पनि लिएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी…

Read More

काठमडौँ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरूलाई जानकारी दिनुहोला ।’ आदेशमा अगाडि भनिएको छ, ‘त्यस अवधिसम्म निर्वाचन आयोगको मतपेटिका आयात र वितरणको बोलपत्रसम्बन्धी कामकारबाही हाल जे, जुन अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको…

Read More

काठमाडौँ । रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन्। वडा नं ३तालाबाङमा श्रीमानश्रीमतीको शरीरमा काटिएको विभत्स दृश्यले हत्या गरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले गरेको छ। परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्बती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरि रहेको छ। घटनाको प्रकृती हेर्दा घटना राती भएकोे हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान गर्नको लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर…

Read More

सिन्धुपाल्चोक । पिस्करमा ढुङ्गाले लागेर मृत्यु भएका १८ वर्षीय अमित थामीको परिवारलाई आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ४ मा बाढी र पहिरोको कारण खसेको ढुङ्गाले लाग्दा मृत्यु भएका थामीको परिवारलाइ कांग्रेसले तत्काल राहत स्वरुप नगद १ लाख ६ हजार रुपैयाँ, लत्ताकपडा, खाद्यान्न र भाडाकुडा सहयोग गरेको हो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत र पार्टीका अन्य नेताहरुको उपस्थितिमा थामी परिवारलाई सो सहयोग हस्तानतरण गरिएको हो । तस्विर : सुबेस थापाको फेसबुकबाट

Read More

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता गरेकी थिइन् । यसपछि बसेको प्रतिनिधिसभाले उक्त विधेयक जस्ताको तस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको हो । बुधबार बसेको विधायन समिति बैठकले पनि संशोधनविना उक्त विधेयक हुबहु पारित गरेको छ । १५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ । फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्नरबुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबुझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताएका छन् । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । मिडियासँग कुराकानी गर्दै उनले आफू अहिले सम्म कुनै पार्टीमा पनि आबद्ध नभएको बताउँदै आउनने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने बताए ।

Read More

काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले हालै राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारी दर्तासँगै उनीहरूको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था गरेको हो। विगतमा शिक्षाको पहुँच नपाएको वर्गलाई यस्तो व्यवस्थाले राजनीतिमा निरुत्साहित गर्ने भन्दै कतिपय राजनीतिज्ञले आयोगप्रति असहमति जनाएका छन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ‘निर्वाचन आचारसंहिता २०७९’ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेहरूले आफ्नो वैयक्तिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको हो। आचारसंहिताको २० नम्बर बुँदामा ‘मनोनयन पत्रसाथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता,…

Read More