Author: सूचनापाना

काठमाडौं – कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडीसहित फरार भएका छन्। जिल्लाको जोशीपुर गाउँपालिका(४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार भएका हुन्। शंकरलाई आजै प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो। ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको जनाएको छ। फरार भएका शंकरको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Read More

काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो । भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रूपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले दसैँ, तिहार, छठ पर्वसम्म बजार लगाउन रोक्ने निर्णय गरेको हो । यो समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी छन् । केही दिन अघि भैरहवाका उद्योगी व्यवसायीहरूको क्रियाशील संस्था सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही र उद्योग…

Read More

जनकपुरधाम । मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।

Read More

काठमाडौँ । कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको बताए । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले करिब साढे तीन दशक लामो विवाद टुङ्ग्याउँदै बबरमहलस्थित ३ रोपनी २ आना जग्गा सरकार (नेपाल आयल निगम)को हुने फैसला गरेको छ । सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले मुआब्जा नलिएकै भन्ने आधारमा सरकारको नाममा अधिग्रहण भएको जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेको हो । सरकारले १९ माघ २०३२ सालमा सूचना निकालेर तत्कालीन शाही नेपाल औषधि लिमिटेडका लागि रणबहादुर शाहबाट बबरमहलमा रहेको जग्गा अधिग्रहण गरेको थियो । त्यसक्रममा निर्धारण भएको क्षतिपूर्तिको रकम निकै कम भएको भनी उनी दुई वर्षपछि सर्वोच्च अदालत गएका थिए । १८ असोज २०३६ सालमा सर्वोच्च अदालतले पहिले भएको मुआब्जा निर्धारणको निर्णय बदर…

Read More

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कक्षा सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त तालीम पछि सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यो कक्षा पछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए । कार्यक्रममा प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख बलराम खत्री ,COT एन.बि .गुरुङ, MDRT दीपक राज गिरि रहेका थिए । सानिमा लाइफको धेरै योजना मध्ये केही…

Read More

काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश…

Read More

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आयोगले दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय गरेको हो । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा(प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा(प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले…

Read More

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थियो । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताइन् । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड विपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि…

Read More

रौतहट । जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो । मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आर्चायको हाजिर गराएको थियो । आर्चाय हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो । उक्त पत्रमा आर्चायलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको…

Read More