Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् । किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।
धनगढी । भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको ९ क्वीन्टल चिनी गायब पारिएपछि कैलाली प्रहरी विवादित बनेको छ। रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले कैलाली प्रहरी विवादमा तानिएको हो। भदौ ८ गते राति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले तस्करीको चिनी भन्दै नियन्त्रणमा लिएको थियो। धनगढीको मुख्य बजार क्षेत्रबाटै अटोमा तस्करी हुन लागेको १८ कट्ठा अर्थात ९ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएकोमा उक्त चिनी तस्करलाई फिर्ता गरेको आरोप कैलाली प्रहरीले खेपिरहेको छ। ‘प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘तर तस्करीमा प्रयोग भएको अटो…
रामेछाप । डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ बिजुलीकोटका २३ बर्षिय भक्तबहादुर तामाङ्गलाई सदरमुकाम मन्थलीको देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ । तामाङलाई २०७७ साल चैत्र ३० गते रामेछाप जिल्ला अदालतले डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद सजाय र ७० हजार रुपैयाँ जरिवाना हुने गरि फैसला सुनाएको थियो । अदालतको फैसला पछि तामाङ फरार रहदै आएका थिए । प्रहरीको खोजी सूचीमा रहेका तामाङ आइतवार सदरमुकाम मन्थलीमा झरेको भन्ने सूचनाको आधारमा देवकोटा चोकवाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक जटाशंकर यादबले जानकारी दिए । प्रक्राउ परेका तामाङलाई आज रामेछाप जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार…
अनुसा थापा, मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र महत्व पनि घट्दै गएको छ । चाडपर्वहरु एकदमै भड्किलो हुदैं गइरहेका छन् । तीमध्ये एक तीज पनि हो । दुई दशक अघिसम्म चेलीबेटीका लागि तीज भनेपछि केके न आयो जस्तो हुन्थ्यो । आफ्नो जन्मथलो जानकै लागि पनि छोरीचेली तीजको पर्खाइमा बस्थे । तीज आउनुभन्दा एकदिन अघि दाजुभाइहरु दिदीबहिनी लिन उनीहरुको घर जान्थे । तीजको अघिल्लो दिन मात्र दर खाने चलन…
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई कटौती गरेर अर्थ मन्त्रालयले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरेकोमा अर्थले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको हो । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको हो । यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी…
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ । आइतबार जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ताको बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् । तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्ने आफूहरूलाई शङ्का लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक बदमासी भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
काठमाडौँ । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३-०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५ : ३० बजे नदीमा हाम फालेका हुन् । उनी हाम फालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हाम फालेकी थिइन् ।
नयाँदिल्ली । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ। आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो। झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो। ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ। केहीबेर नजिकै रहेको राजमार्ग…
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बललाई विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत खाली राखेर अरू पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ । सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको थियो । जसमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता वुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ६ भदौमा सशस्त्र प्रहरी बललाई थारु समुदायको जनसङ्ख्याको अनुपात बराबरको सिट संख्या अर्थात् कुल विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत पदमा रिटको अन्तिम टुङ्गो नलागेसम्म पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि सर्वोच्च अदालतले…