Author: सूचनापाना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टिजेन विधिबाट २३३ जनामा गरी ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।

Read More

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लामा खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेसँगै व्यावसायिक खेती प्रवर्द्धन गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रम अन्तर्गत जिल्लाका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । सो कार्यक्रम लागत साझेदारीमा सञ्चालन हुने सूचना अधिकारी रेग्मीको भनाइ छ । रेग्मीका अनुसार कार्यक्रम…

Read More

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् । सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन् । तर, उनको सो छलफल संविधानविपरीत रहेको डा. भट्टराईको दाबी छ । नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक-पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपाललको संविधान अनुकूल भएन ।’ …

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने भएको छ । व्यापारीलाई आफै अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । “नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचना हटाउन भनेका छौँ । दिउँसोतिर अनुगमनमा जाँदैछौँ । व्यापारीले हटाउन अटेर गरेर आफै हटाउछौँ,” एसपी पाण्डेले भने । बुधबार महानगरले सुनधारा, न्युरोड क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्गस्थिल लन्डन पबको अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिएका छन् । त्यस्तै, महानगरले जिल्ला अदालत काठमाडौंसँग नक्सापासको प्रतिलिपि माग गरेको छ ।

Read More

रामेछाप–निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतादाता नामावली सच्याउने तथा दावि विरोधको समय तोकेको छ । निर्वाचन कार्यालय रामेछापले अन्तरक्रिया कार्यक्रम आयोजना गरि विवरण फरक परेका मतदाताले सच्याउन र फर्जि मतदाता भएमा दावि विरोध गर्न अनुरोध गरेको हो । मतदाता नामावली अध्यावधिकमा सहयोग गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले सरोकारवालासँग अनुरोध गरे । मृत्यु भएका ब्यक्ति समेत मतदाता नामावलीमा अध्यावधिक रहेकाले मृत्यु भएका ब्यक्तिको नाम १२ गतेदेखि १९ गतेसम्म हटाएर नामावली अध्यावधिकमा सहयोग गर्न निर्वाचन कार्यालय रामेछापले स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मृत्यु भइसकेका ब्यक्तिको नाममा समेत पहूँचवालाले मतदान गर्नसक्ने भएकाले मृतकको नाम हटाएरमात्र मतदाता नामावली…

Read More

मंसिर ४ मा हुने चुनाबमा कांग्रेसका २ नेता चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाई र नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन। जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने बताएका छन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् । नेता चौलागाई २०४८ साल देवी निरन्तर नेपाली कांग्रेसको राजनीतीमा रहेका छन् । लामो ३१…

Read More

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ ।  भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ । गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

Read More

काठमाडौं ।आजबाट नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ,…

Read More

काठमाडौँ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मुलुकभर लागू नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा मात्रै निर्देशिकाबमोजिमको व्यवस्था लागू भएर परीक्षा सञ्चालन भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उत्प्रेषणयुक्त परमादेश माग गर्दै पोखरेलले श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालय, मधेस प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश, यातायात व्यवस्था विभाग, मिनभवन, यातायात व्यवस्था कार्यालय, एकान्तकुना विरुद्ध सर्वोच्च अदालतमा मुद्वा दायर गरेका हुन् । मंगलबार दर्ता भएको उक्त मुद्दाको बुधबार पेशी तोकिसकिएको छ ।…

Read More