Author: सूचनापाना

काठमाडौं । मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौं उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधि बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ । ‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ । यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा…

Read More

काठमाडौं । मोरङ, उदयपुर, कैलाली र धनुषामा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।  मोरङको लेटाङ नगरपालिका–३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जना छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीबाट करिव एक केजी गाँजासहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । …

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

Read More

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए। सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

Read More

काठमाडौँ । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ । भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र…

Read More

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक(आइजिपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल…

Read More

काठमाडौं । नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व.गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जाल मार्फत स्मरण गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तव्ध भएको समेत उनले जनाएका छन् । ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता…

Read More

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाईएको हो । ‘मतदातालाई प्रभावित पार्ने एवम निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पुर्वाधार विकास कार्यक्रम वा पुर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र…

Read More

काठमाडौं । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।

Read More

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारण राखेका छन् । शनिबार काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक(पटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने र दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एक अर्काप्रति दुस्मनी साध्ने गरी अभिव्यक्ति दिन…

Read More