Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छै्रन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल ग¥यौं,’ महराले भने। पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए ।
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नप्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् । यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी छ। आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ । पार्टीका कमिटीहरूलाई पूर्णता दिइने बताइएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन्। यसअघि, हिजो बस्ने भनिएको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तता र प्रतिनिधिसभा बैठकका कारण पटक–पटक स्थगित गर्दै आज बिहान बस्ने तय गरिएको थियो। गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने चर्चा छ। उनले…
भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो । सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ ।
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्। देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए। ‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न रु यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एकरदुई दिनभित्रै स्पष्ट…
काठमाडौं । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी उनीहरुले २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको प्रहरीले…
अप्सरा बोहरा,काठमाडाैं । नुवाकोटमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि भएकाे छ । आर्थिक वर्ष ०७८/७९ मा नुवाकोट जिल्ला अदालतमा सम्बन्ध विच्छेदका २८९ थान मुद्दा दर्ता भएका छन् । सम्बन्ध विच्छेदका २८९ मुद्दा मध्ये अदालतले सोहि वर्ष २०५ सम्बन्ध विच्छेदका मुद्दा फछ्यौट गरेको र ८४ थान मुद्दा फछ्यौट हुन बाँकी भई चालु आर्थिक बर्ष ०७९/०८० मा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार इन्द्र कुमार खड्काले बताए। आर्थिक वर्ष ०७७/०७८ मा १७४ थान मुद्दा दर्ता भएकोमा १५५ थान मुद्दा फैसला भएको थियो । ०७७/७८ को तुलनामा ०७८/७९ मा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ । महिलाहरु काम गर्न घरबाट बाहिरा…
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार २४० सिट छुट्याइएको छ। तीमध्ये ९१ जनाले छात्रवृत्तिमा निस्शुल्क पढ्न पाउनेछन्। यस्तै पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ। पूर्ण शुल्कमा भर्ना भएकाले खाना र होस्टलबाहेक अध्ययनका लागि उक्त शुल्क तिर्नुपर्ने हुन्छ। तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ।
गुल्मीमा ६८५ जना उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण, पाँच लाख सम्म कारवाही गर्न सक्ने
गुल्मी । निर्वाचन भएको एक महिनाभित्र निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरूले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ हजार २४३ जना उम्मेदवारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए। पाण्डेले निर्वाचनको खर्च विवरण बुझाउनका लागि आफूहरूले पटक पटक ताकेता गरे पनि खर्च विवरण बुझाउन अटेर गरेको बताए। निर्वाचन खर्च विवरण बुझाउनेमा प्रायः निर्वाचित जनप्रतिनिधिहरू भएको पाण्डेले बताए। निर्वाचनमा उम्मेदवारहरूले प्रयोग गरेको सवारीसाधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन प्रतिनिधि परिचालन…
काठमाडौं । आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यो हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो । यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ । यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको…