Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा् । यो सँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन् । तर महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् । शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो । प्रचण्डले शर्मालाई उपमहासचिव…
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ । अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो । अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय(समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरुमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी रहेका छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्य रहेका छन्।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् । बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहनुहेकी थिइन्। यसअघि आजै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही…
काठमाडौं । चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्। ‘यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छु, उनले लेखेकी छिन्।
गुल्मी । गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गापा–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए। शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको दाहालले बताए। शव सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको दाहालले बताए। शव हेर्दा अन्दाजी ६० वर्ष आसपासको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिबार काठमाडौं महानगरपालिका – १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयोग गर्नुपर्ने बताएका हुन्। नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए। इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनुभएन। सरकारले अलिकति पहल गर्नुपर्यो।’ सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको…
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, माक्र्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ । उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा सासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनिय छ । उनले अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए ।…
काठमाडौँ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो। दिवङ्गत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जन निर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० गतेसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापन गर्न भनिएको छ। निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकोले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारीरशिक्षक पठाउन आयोगले भनेको हो।…