Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् । साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए । नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन कार्यक्रममा आइजिपी सिंहले साइबर अपराधका मुद्दा हरेक प्रदेशका कम्तीमा एक–एक जिल्लामा छुट्टै इजलास तोक्ने गरी पहल गर्न सरकारसँग आग्रह गरे । काठमाडौँमा यस्ता मुद्दा सीमित गर्दा पीडितलाई समय र खर्च पनि बढी लाग्ने गरेको उनले बताए ।
काठमाडौं – काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रोलगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए । आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड…
काठमाडौं । नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।’ आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय…
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टङ्क कार्कीमाथि छानबिन थालेको जनाएको छ । सञ्चारमाध्यममा उनको अनुचित कार्यबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा सई टङ्क कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले बताए । सई कार्कीमाथि प्रहरी वृत्त गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायब’ बनाएको आरोप लागेको छ ।
काठमाडौँ । बालाजु(रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्ने गरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७।१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । शैलुङ कन्स्ट्रक्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । ७ पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोड्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । फोहोर…
काठमाडौं । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरेका छन् । कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए । दुई जनालाई नै स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । जोशीका…
काठमाडौं । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ। मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्। उनले सो विधेयक प्रस्तुत गरेसँगै प्रतिनिधि सभाको बैठक भदौ १३ गते सोमवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा बैठक एक साता पछि सारिएको संसद सचिवालयले जनाएको छ। एमालेको स्थायी कमिटी र केन्द्रीय समितीको बैठक बस्दैछ। सो विधेयक प्रस्तुत गरेपछि बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण…
काठमाडौं । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् । विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता रिसाउने डरले…
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पार्किङको नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको बताएका छन् । गत साउन २ गते महानगरले बानेश्वरका ठूला भवनमा ३५ दिनभित्र अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिँदै पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना दिएको थियो । सूचना दिएको ३५ दिनपछि अर्थात् आज महानगर प्रमुख शाह आफैँ अन्डरग्राउन्ड खाली भए(नभएको अवलोकन गर्न पुगे । निर्वाचित भएपछि प्रायः फुटपाथ हटाउने विषयमा बानेश्वर धाइरहेका प्रमुख शाह आज पनि बानेश्वर पुग्दा धेरैले फुटपाथ व्यापार अवलोकन गर्न आएको अनुमान पनि लगाए । यद्यपि आज भने…
काठमाडाैं । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू :