Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरू विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महँगी र भष्टाचारकोविरुद्ध चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले चरणबद्ध संघषर्का कार्यक्रमहरू घोषणा गरेको थियो । तर यो सरकार भने गैर९जिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।…
मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका…
रामेछाप । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा रामेछापका दुइ पत्रकारलाई सम्मान गरेको छ । उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार–२०७९ बाट पत्रकार नवराज श्रेष्ठलाई र ‘खोज पत्रकारिता वर्ष पुरस्कार-२०७९’ बाट पत्रकार टिकाप्रसाद भट्टलाई सम्मान गरेको फोनिज रामेछापले सम्मान गरेको हो । फोनिज रामेछापले विगत ४ वर्षदेखि उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कारबाट एक पत्रकारलाई सम्मानित गर्दै आएकोमा यो वर्ष बाट ‘खोज पत्रकारिता वर्ष पुरस्कार समेत प्रदान गरेको छ । फोनिज रामेछापले नगद रु. १० हजार, दोसल्ला र प्रमाणपत्र सहित उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता पुरस्कार–२०७९ बाट श्रेष्ठलाई सम्मान गरेको हो । यसैगरी आदिवासी जनजातिको मुद्दालाई समाचार…
लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो । देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण…
काठमाडौँ। नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन् । यस्तै समितिले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ। जसमा मधेस प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कृष्ण श्रेष्ठले बताए । बैठकले…
लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए । उत्पादित सौर्य ऊर्जालाई मध्यमस्र्याङदीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत…
जनकपुरधाम । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द…
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत…
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्धारितभन्दा बढी खर्च गर्ने र समयमै विवरण पेस नगर्ने उमेदवार तथा निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चको सीमा पालना नगर्ने र खर्चको विवरण ३० दिनभित्र नबुझाउने उमेदवार र जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्चको सीमा पालना पनि नगर्ने र खर्चको विवरण ३० दिनभित्र पेस गर्नुपर्ने दायित्वबाट विमुख उमेदवार र निर्वाचित जनप्रनिधिहरूको देशभरको तथ्यांक संकलन गरेर कारबाहीको प्रक्रिया प्रारम्भ गर्दै छौँ,’ उनले बाह्रखरीसँगको अन्तर्वार्ताका क्रममा भने, ‘जसले निर्वाचन आचारसंहिता र निर्वाचन खर्च सीमाविपरीत गरिरहेका छन् । तिनीहरूलाई…
काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौँ ।’ गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण…