Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो । बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् । उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रकिया अघि बढाइने सो बैंकले जनाएको छ ।
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ । बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको…
पेरिस – फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो । उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ । पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’
काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाध्यक्ष हरिस सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गएराति मृतक गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका जनाइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू खटिएका थिए । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैँयाले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
चितवन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन्। आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो। घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ । एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए । ‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरू बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको…
ललितपुर । ललितपुर महानगरपालिकाका ज्येष्ठ नागरिकले बडादशैँ मनाउन १० हजार रुपैयाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँताका वर्षको एकपटक १० हजार दिने निर्णय गरेको बताए। ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ’, उनले भने, ‘उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस्तो व्यवस्था गर्न लागेका हौँ।’ महानगरपालिकाले गत वर्षसम्म पाँच हजार रुपैयाँ दिने गरेकामा यो वर्ष पाँच हजार थप गरी १० हजार रुपैयाँ दिने भएको महर्जनले जानकारी दिए। महानगरपालिकामा लगभग सात…