Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन्। बिहीबार बिहान हात्तीवनमा प्रचण्ड र नारायणकाजीसँग अध्यक्ष भट्टराईले भेटेको उनीनिकट नेता विश्वदीप पाण्डेले बताए। उनले भने, ‘पार्टी दर्तापछि उहाँले शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम छ। त्यहीअनुसार अस्ति प्रधानमन्त्रीलाई भेट्नुभएको थियो। आज प्रचण्डजीलाई भेट्नुभएको हो।’ भेटवार्ताको क्रममा चुनावी तालमेल र गठबन्धनबारे छलफल भएको उनले बताए। गठबन्धन र तालमेलबारे प्रचण्डसँगको भेटवार्ता सकारात्मक भएकाले त्यसलाई निरन्तरता दिने नेता पाण्डेले बताए। बाबुरामलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रले चासो राखिरहेको छ। भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन्। जसपाबाट विभाजित भएर नयाँ दल…
स्याङजा । वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ-१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए। सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको छ । सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन् । सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै…
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो बार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने बार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कम्पनीको देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको सिनियर म्यानेजमेन्ट टिमकोको उपस्थितिमा सम्मेलन चितवनमा बुधबार सम्पन्न भएको हो । सम्मेलन बिशेष गरी कम्पनीको आगामी आर्थिक बर्षभित्र गर्नुपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख , क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै कम्पनीको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्र्तक्रिया भएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य…
काठमाडौं । बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट आएका छन् । उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२…
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् । बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं । संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरी शिर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन । कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दावी पेश गर्नेछन र सो…
काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यत: काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहिवार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो । पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा…
बेइजिङ । चिनियाँ इ–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो । कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ । कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४५.१४…