Author: सूचनापाना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्। जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

Read More

काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । कांग्रेसमा सिट बाँडफाँड विषय निकै…

Read More

काठमाडौं – मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् ।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव–इन्जिनियर हिमाल कुमार मल्ल, सव–इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख…

Read More

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २ गते बढुवा सिफारिस भएर १९ साउनमा दर्ज्यानी चिन्ह लगाएका ३४ जना नायब उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ । बढुवा भएका राजेन्द्र अधिकारी गण्डकी प्रदेश कार्यालय मानव व्यवस्थापन शाखामा पुगेका छन् । यसअघि काज खटाइएका प्रधान कार्यालयले १३१ जनाको डीएसपीको सरूवा गरेको थियो । 0DSPPP-1Download

Read More

अछाम । अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७(७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । १० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व संकलन गरेका छन् । साँफेबगर नगरपालिकालिकाले आर्थिक वर्ष २०७७/७८ मा एक करोड ६५ लाख ८ हजार र तृर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिकाभन्दा एक करोड ४४ लाख ६३ हजार बढी…

Read More

काठमाडौं । आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । ‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार…

Read More

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा एन्टिजेन विधिबाट ५३० जनामा गरी १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोनाबाट आज ४३८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।

Read More

भैरहवा । लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ ।  लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको प्रदेशस्तरीय आपूर्ति संयन्त्रको बैठकले प्रदेशका १२ वटै जिल्लामा खाद्यान्न, पेट्रोलियम, मलखाद तथा उपभोग्य सामाग्रीको सहज आपूर्तीले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको हो । उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा प्राविधिक समितिले गरेको अध्ययनअनुसार प्रदेशमा कम्तीमा चार महिनाका लागि खाद्यवस्तुको अभाव हुने छैन । समितिले निजी तथा व्यावसायिक संघसंगठन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका सरोकारवाला निकायसँगको छलफल र तथ्यांकको आधारमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको निष्कर्ष निकालेको हो । ‘प्रदेशका बाह्रवटै जिल्लामा खाद्यान्नको सहज आपूर्तिको…

Read More

काठमाडौं । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।  आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही वमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् । दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य…

Read More