Author: सूचनापाना

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।  काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गरेका हुन् । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् । काठमाडौं महानगरपालिकाले २४…

Read More

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो । विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए । सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन् । हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविको शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा…

Read More

काठमाडौं । सरकारले सन २०३० सम्म संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताउँछन् कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला । मंगलबार बसेकाे प्रतिनिधिसभामा बोल्दै मन्त्री शर्माले थपे, ‘मलाई लाग्य यो लक्ष्यमा दलहरु पनि प्रतिवद्ध छन ।’  सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो बताएका हुन् । नेपालको संविधानले एकात्मक संरचनामा रहेको राज्य प्रणालीलाई संघीय लोकतान्त्रिक संरचनामा बदल्दै जाँदा समावेशी र समानुपातिक सहभागिता गराउने बाचा गरेको उल्लेख…

Read More

काठमाडौँ । काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल(बञ्चरेडाँडा सडक खण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौँको फोहोर व्यवस्थापनमा पुनस् समस्या देखिएको छ । स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुनस् स्थानीयवासीले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

Read More

काठमाडौं । तलब वृद्धिमा असमानता भएको भन्दै आन्दोलनमा उत्रिएका देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आज बिदामा बस्ने भएका छन्। नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्। निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राखेर उनीहरूले सिहदरबारमा प्रदर्शन गरेका नायब सुब्बाहरूले अहिलेको घोषित आन्दोलनमा तलब वृद्धिको मागलाई पनि समेटेका छन्। सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भेला भएका उनीहरूले त्यहीँबाट देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय…

Read More

ताइपेय – ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्र्सका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए ।  अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो । दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ…

Read More

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।  पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ । आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।  गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन…

Read More

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् । विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ‘सडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने । यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक…

Read More

दमौली । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । ९ अगष्टमा मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन् ।

Read More

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ । अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जानकारी दिएको छ…

Read More