Author: सूचनापाना

सिन्धुपाल्चोक । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ । जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए । वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्। उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन्। पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ ।

Read More

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष०तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिए । उनले भने, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् । टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् । यो समाचार आजको समाचारपत्रदैनिकमा प्रकाशित छ ।

Read More

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा…

Read More

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ । ‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’ जानकारी दिँदै भने । बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटको निर्णय…

Read More

काठमाडौं । इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् । सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादी समूहसँग संलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । पछिल्लो विवरण अनुसार इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् । गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव…

Read More

काठमाडाैं । यही साउन अन्तिम हप्तादेखि काठमाण्डौ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गरिने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि ठाउँ पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाण्डौ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र त्यही ठाउँबाट नै काम सुरु गर्ने जनाएको छ । त्यस ठाउँमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । यस ठाउँमा अहिले आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा…

Read More

काठमाडौं ।नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनबीचको चुनावी तालमेल स्वाभाविक भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले चुनावमा व्यावहारिक तालमेल गर्नुपर्ने र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित हुनुपर्ने बताएका हुन्। चुनावी तालमेलको लागि छलफल गर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेताहरुले विगतका चुनावमा पाएको मत र अबको सम्भावनालाई मध्यनजर गरेर तालमेलमा जानुपर्ने बताएका एक नेताले जानकारी दिएका छन् । साना र पालिका चुनावमा निकै कम मत ल्याएका दलले अस्वाभाविक सिट दाबी गर्न सक्ने भन्दै नेताहरुले दलहरुलाई हैसियत अनुसारको सिट बाँडफाँट गर्नुपर्नेमा पनि जोड दिएका छन् । चुनावी तालमेलको लागि नेपाली कांग्रेस भित्र एक…

Read More

मुगु । जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको  अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि  कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो । कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरु भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन् ।                           जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ ।…

Read More