Author: सूचनापाना

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ। नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता रोकिएको थियो। नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए। सेवा आयोगले २०७७/०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरु गर्ने तालिका थियो। तर तालाबन्दीले अन्तर्वार्ता रोकिएको छ।

Read More

काबुल । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ । गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना…

Read More

काठमाडौं ।  पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।   यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि…

Read More

म्यानमार । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पु¥याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ । दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ । सैन्य कुपछि सन्…

Read More

काठमाडौं । नेपाल समाजवादी पार्टी-नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् ।  उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ । नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।

Read More

टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जापानको हिरोसिमास्थित संग्रहालयको भ्रमण गरेका छन् । दाहालसहितको् टोलीले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका हुन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् । दाहाल यही २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Read More

सिन्धुपाल्चोक । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।  निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

Read More

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्। उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए। उनले शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। उनले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए। नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको…

Read More

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बारा कार्यसम्पादनमा मधेस प्रदेशको पहिलो बनेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबिच आव २०७८र७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदनले यस्तो देखाएको हो। बारा जिल्लाले ९० प्रतिशतभन्दा माथिको अङ्क प्राप्त गरी उत्कृष्टको सूचीमा परेको र मधेस प्रदेशमा पहिलो नम्बरमा आउन सफल भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। प्रतिवेदनका आधारमा पर्सा जिल्ला ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएर मधेशप्रदेशमा दोस्रो भएको छ भने देशभरमा उत्कृष्ट जिल्लाकै सूचीमा परेको छ। रौतहट, महोत्तरी, सर्लाही, सिराहा र धनुषाले ८० देखि ९० प्रतिशत बीचको अङ्क ल्याएका छन् भने सप्तरीले ७७।५ प्रतिशत अङ्क प्राप्त…

Read More